रामेछापमा विद्युत सर्ट हुँदा २२ घर जलेर नष्ट

Written by meropradesh creator

१२ चैत्र २०७८, शनिबार

रामेछाप । रामेछाप नगरपालिका–७ सुकाजोर स्थित रजयछाँपमा विद्युत सर्ट भई आगलागी हुँदा एकै गाउँका ११ वटा घर र ११ वटा गोठ गरी २२ वटा घर टहरा जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

शनिवार दिउँसो स्थानिय विनोद श्रेष्ठको घरमा विद्युत सर्ट भई आगलागी भएको थियो । श्रेष्ठको घरमा लागेको आँगो हावाको कारण नजिकका अन्य छिमेकीहरु चिरन्जीवि श्रेष्ठ, ठेगवहादुर मगर, हिमाल श्रेष्ठ, एकलाल श्रेष्ठ, दलवहादुर मगर, इश्वरलाल श्रेष्ठ, तेजवहादुर श्रेष्ठ, धनवहादुर श्रेष्ठ, शंकर श्रेष्ठ र प्रेम कुमार श्रेष्ठ लगाएतका ११ वटा घरहरु र ११ वटा गोठहरु पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

उनले भने– दिउँसो देखी लागेको आगो नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानिय नागरिकहरुको प्रयासमा ५ घण्टापछि नियन्त्रणमा आएको छ । उक्त स्थानमा घरहरु एक आपसमा टाढा रहेपनि अत्याधिक मात्रामा लागेको हावाका कारण आगोको लप्का टाढासम्म गएका कारण अन्य घरहरुमा पनि आगो लागेको देखिन्छ ।

आगो नियन्त्रणमा आएपनि ११ वटा घरमा रहेका नागरिकहरु सुरक्षीत रहेका छन् । आगलागीमा परी घरमा रहेको नगद, अन्नपात, लत्ता कपडा, भाडाकुडा लगाएतका सम्पूर्ण सामाग्रीहरु जलेर पूर्णरुपमा नष्ट भएको छ । दिउँसो देखी लागेको आँगो पुरै नियन्त्रणमा आएता पनि कती क्षती भयो भन्ने एकिन तथ्याङक आउन केही दिन लाग्ने पनि प्रहरी नायव उपरीक्षक थिङले बताए ।

अहिले उक्त स्थानमा नेपाली सेना, नेपाल प्रहरी र स्थानिय नागरिकहरु मिलेर अस्थायी टहरा निमार्ण गर्ने क्रम जारी रहेको रामेछाप नगरपालिका–७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले जानकारी दिए । उनले भने– घर विहिन भएका नागरिकहरुलाई अस्थायी रुपमा वसोसा गर्न अस्थायी टहरा निमार्णको काम भइरहेको र उनीहरुलाई तत्काल खाद्यान्न र लत्ता कपडा नेपाली सेना र रामेछाप नगरपालिकावाट व्यवस्थापन गर्ने काम भएको छ ।

आगलागीमा परेका नागरिकलाई रामेछाप नगरपालिकाले खाद्यान्न, ओड्ने र ओछ्याउने म्याट, भाडाँकुडा लगाएतका सामाग्रीहरु लिएर घटनास्थल तर्फ आफु लागेको रामेछाप नगरपालिकाका उप–प्रमुख सिजृना खड्काले जानकारी दिइन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...