देशकै ठूलो सवस्टेसन प्रधानमन्त्री देउवाले गरे उद्घाटन

Written by meropradesh creator

५ चैत्र २०७८, शनिबार

रामेछाप । मन्थली नगरपालिका–१३ मा निमार्ण सम्पन्न नयाँ खिम्ती २२०÷१३२ केभी सवस्टेसनको प्रधानमन्त्री शेरवहादुर देउवाले शनिवार उद्घाटन गरेका
छन् ।

माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडद्धारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत परियोजना अन्तर्गत रामेछापको मन्थली नगरपालिकाको फुलासी साँखेमा निमार्ण सम्पन्न भएको हो । हाल निमार्ण भइरहेका तामाकोशी, लिखु र गज्र्याङ लगाएतका स्थानमा उत्पादित विद्युत यस सव स्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा पठाइने यो सवस्टेसन निकै ठूलो र महत्वपूर्ण रहेको छ । सवस्टेसन निमार्णमा करिव १ अर्ब खर्च भएको छ ।

यस सवस्टेसनमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनावाट उत्पादित ४५६मेघावाट र अन्य निजी क्षेत्रवाट उत्पादन भएका विद्युत गरी १ हजार मेघावाट विजुली यस सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । हाल तामाकोशी करिडोरको विजुली तामाकोशी–खिम्ती–ढल्केवर प्रसारण लाइनवाट ढल्केवरमा रहेको ४ सय केभी सवस्टेसनमा जोडिएको छ । त्यस्तैगरी १३२ केभी क्षमताको खिम्ती बाह्रविसे प्रसारण लाइन बनेको छ । हाल यो प्रसारण लाइन मार्फत तामाकोशीको विजुली काठमाण्डौंसम्म जाने गरेको छ ।

जीआइएस प्रविधिवाट बनेको २२० केभी क्षमताको सवस्टेसन यो नेपालकै पहिलो भएको आयोजक संस्थाले जनाएको छ । हाल ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु ४ र २९ मेगावाट उत्पादन क्षमताको लिखु ए जलविद्युत आयोजनाको बिजुली यो सवस्टेसनमा जोडिइसकेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...