वाग्मती प्रदेशका २८ स्थानीय तह र भूमि समस्या समाधान आयोगबीच समझदारी पत्रमा हस्ताक्षर

Written by meropradesh creator

२६ मंसिर २०७७, शुक्रबार

मंसिर २६
वाग्मती प्रदेशका २८ स्थानीय तह र भूमि समस्या समाधान आयोगबीच भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगबीच दुई पक्षीय समझदारी पत्रमा आज हस्ताक्षर भएको छ ।
हटौँडामा आयोजित भूमिसम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारीबीच भएको समझदारी पत्र हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा दुई पक्षीय हस्ताक्षर भएको हो ।
यसरी समझदारी पत्रमा हस्ताक्षर गर्नेमा वाग्मती प्रदेशभित्र पर्ने भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगर पालिकासहित अन्य १० नगरपालिका र १६ गाउँपालिका रहेका छन् । उक्त समझदारी पत्रमा स्थानीय तहका तर्फबाट सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर रहेकोे छ । आयोगका तर्फबाट उपसचिव वसन्तप्रसाद पन्थीको हस्ताक्षर रहेको छ ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान समितिले भूमिसम्बन्धी समग्र समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले अन्य प्रदेशको तुलनामा वाग्मती प्रदेशले भूमि समस्या समाधानसम्बन्धी कार्य तीव्र रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिहीनको समस्या समाधान आयोगले तीव्र रुपमा काम अघि बढाएको जानकारी दिनु भयो ।
यस अगावै वाग्मती प्रदेशको रत्ननगर नगरपालिका र वाग्मती गाउँपालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । अठाइस स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब वाग्मती प्रदेशबाट समझदारी पत्रमा हस्ताक्षर गर्ने स्थानीय तहको सङ्ख्या ३० पुगेको छ ।
वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले भूमीहीन नेपालीले भूमि प्राप्त गर्न कार्यमा प्रदेश सरकारले प्राथमिकताका साथ काम अघि बढाएको बताउनु भयो । प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता इन्द्रबहादुर बानियाँले भूमिसम्बन्धी समस्या समाधान कार्य पारदर्शी रुपमा अघि बढाउनुपर्नेमा जोड दिनु भयो । भूमिगत व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा मतिना जोशी वैद्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...