वार्षिक आम्दानीको १० प्रतिशत रकम समता स्कुललाई दिने नगरप्रमुख बस्नेतको प्रतिबद्धता

Written by meropradesh creator

१४ फाल्गुन २०७८, शनिबार

रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफ्नो बार्षिक आम्दानीको १० प्रतिशत रकम समता स्कुललाई सहयोग गर्ने बताएका छन् । शुक्रबार समता एजुकेशन ट्रस्ट द्धारा रामेछापको मन्थलीमा सञ्चालित समता स्कुलको शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले आफ्नो बार्षिक आम्दानीको १० प्रतिशत रकम हरेक बर्ष ब्यक्तिगत रुपमा समताको कोषमा जम्मा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
समता स्कुललाई प्रमुख बस्नेतले चैत्र मसान्त सम्ममा दुई पक्षिय सम्झौता गरी भवन निर्माणका लागि नगरपालिकाबाट १५ लाख उपलब्ध गराउने समेत घोषणा गरेका छन् । नगर प्रमुख बस्नेतले मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने आफ्नो योजना भएकोले बिद्यमान महंगो शिक्षा प्रणालीलाई न्यूनिकरण गर्दै सरल र गुणस्तरीय शिक्षामा आफुले पनि जोड दिइरहेको बताएका छन्


। त्यस्तै गरी सिलान्यास कार्यक्रममा बोल्दै समता एजुकेशन ट्रस्टका निर्देशक दिपक सञ्जेलले क्रिश्चियन धर्मको प्रचार गर्ने समता स्कुल भन्ने घेरैको बुझाइ गतल भएको दावी गरे । उनले यो धर्म प्रचारक नभइ गरिवका छोराछोरीले सस्तोमा गुणस्तरीय शिक्षा पाउन पर्छ भन्ने पबित्र उद्देश्य राखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यस्ता बिद्यालयहरु खुलेको बताएका छन् । उनले समता एजुकेशन ट्रस्ट द्धारा सञ्चालित बिद्यालय हरुका लागि बार्षिक रुपमा १५ करोड आबश्यक हुने र बिद्यार्थीहरु बाट प्राप्त रु १०० का दरले रु ७ करोड संकलन हुने र बाँकी ८ करोड राष्ट्रिय स्तरका ब्यक्ति तथा संघ संस्थाहरुले दिएको सहयोग तथा दान बाट चल्ने गरेको बताएका छन् ।
समता स्कुलकी पिन्सिपल मनिषा बुढाथोकीको अध्यक्षतामा सम्पन्न भवनको शिलान्यास मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले गरेका हुन ।
स्थानीय चन्द्र बहादुर माझीले जिल्ला आयुर्वेद कार्यालय नजिकै रहेको साढे ६ रोपनी जग्गा २० बर्षका लागि भाडामा दिएपछि उक्त जग्गामा ६ महिना भित्र १३ कोठे भवन निर्माण हुन लागेको हो । कार्यक्रमका अबसरमा बोल्दै स्थानीय समाजसेवी तेज प्रसाद सुबेदीले भवन निर्माणका लागि रु १ लाख दिने घोषणा गर्नु भएको छ भने शिक्षक, शिक्षिका र अभिभावकहरुले पनि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...