ब्याजदर सम्बन्धि व्यवस्था खारेज गर्न जिल्ला सहकारी संघको माग

Written by meropradesh creator

१२ फाल्गुन २०७८, बिहीबार

रामेछाप । रामेछाप जिल्ला सहकारी संघ लिमिटेडले सहकारी ऐन र नियमावलीमा उल्लेख गरिएको ब्याजदर सम्बन्धि व्यवस्था खारेज गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाएको छ । संघले विहीबार ब्याजदर सम्बन्धि ब्यवस्था खारेजीको माग सहित तीन बँुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाएको हो ।
रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलको नेतृत्वको टोलीले खुल्ला बजार व्यवस्था अनुरुप बजारको व्याजदर निर्धारण गर्ने विधि अनुरुप बढिमा ६ प्रतिशत भन््दा बढ्ने र घट्दा घट्ने हुने विधिको व्यवस्था मिलाउनुपर्ने, ऋणको व्याजदर बढीमा १७ प्रतिशतसम्म लिन सकिने व्यवस्था मिलाउनुपर्ने माग सहितको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी मार्फत मन्त्रालयमा पठएको हो ।
ध्यानाकर्षण पत्रमा सरकारी ऐन २०७४ अनुसार गठित सन्दर्भ व्याजदर निर्धारण समितिद्घारा सरकारी नियमावली २०७५ बमोजिम सरकारी संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणमा १६ प्रतिशत सन्दर्भ व्याजदर लागु गरेकोमा उक्त व्याजदरलाई पुनरावलोकन गरी २०७७ साल कात्र्तिक १५ गतेबाट लागु हुने गरी १४.७५ प्रतिशत तोकेको व्यहोरा अवगत गराइएको छ । ध्यानाकर्षणपत्रमा पछिल्लो समय विविध कारणले बैंक तथा वित्तिय संस्थामा तरलताको अभाव भइ बचतमा दिने ब्याजदरमा बृद्घि गरेसँगै सहकारी संघ संस्थाका लागि तोकिएको ब्याजदरको कारण सरकारी संस्थाहरुको समग्र ब्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको उल्लेख गरिएको छ । ब्याजदरले सरकारी संघ संस्थाको कारोवारमा समेत गम्भीर असर पुग्न गएकाले तत्काल ब्याजदरमा पुनरावलोकनका लागि जिल्ला सहकारी संघ रामेछाप जोडदार माग गर्दछ भनिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...