आयुर्वेदिक स्वास्थ्य केन्द्र सार्न लागेपछी माझी समुदाय बिरोधमा

Written by meropradesh creator

१२ फाल्गुन २०७८, बिहीबार

रामेछाप । मन्थली नगरपालिका–१ घारी खहरेमा रहेको आयुर्वेदिक स्वास्थ्य केन्द्र मन्थली नगरपालिका–१ सानीमदौमा सार्न लागेको भन्दै मन्थलीका माझी समुदाय बिरोधमा उत्रियको छ । आयुर्वेदिक स्वास्थ्य केन्द्र बिसौ वर्ष देखि आफ्नो समुदायको बिचमा सञ्चालन हुदै आएको र हाल सिमित ब्यक्तिहरुको स्वार्थका कारण सार्न लागेको भन्दै उनीहरु बिरोधमा निस्किएका छन् । जिल्ला आयुर्वेद अस्पतालका लागि मन्थली नगरपालिकाले मन्थली न पा वडा नं १ को सानीमदौमा भोगाधिकारका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेपछि मन्थलीका माझीहरु सिमित ब्यक्तिहरुको स्वार्थका कारण स्वास्थ्य केन्द्र सार्न लागेको भन्दै बिरोधमा निस्किएका हुन् । माझीहरुले उक्त स्थानमा आफुहरुले भवन निर्माण गर्न कुनै पनी अवस्थामा नदिने बताएका छन् । भोगाधिकारका लागि जग्गा घारी खहरे क्षेत्रमा पनी प्रशस्त भएकोले मदौमा लैजान नहुने उनीहरुले बताएका छन् ।
उनीहरुले बुधवार इन्द्र बहादुर माझीको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समति गठन समेत गरेका छन् । समितिले बिसौ वर्ष देखि आफ्नो समुदायको बिच (घारी खहरे) मा सञ्चालनमा रहेकोे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि नगरपालिकाले उपलब्ध गराएको सानीमदौको जग्गामा भवन निर्माण कार्य गर्न नदिने बताएका छन् ।
संघर्ष समितिले भवन निर्मान हुन नदिने भन्दै वडा अध्यक्ष नारायण दाश श्रेष्ठ लाई भवन निर्माणका लागि आबश्यक पर्ने सिफारीस देखि अन्य सहयोग नगर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । उनीहरुले बरु हाल हाट लाग्दै आएको हाटे चौरीमा सो का लागि जग्गा उपलब्ध गराए आफु राजी हुने बताएका छन् ।
उक्त ध्यानाकर्षण पत्र बुझ्दै वडा नं –१ का वडाअध्यक्ष नारायण दाश श्रेष्ठले यस अघि जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र भवन निर्माणका लागि सानीमदौमा जग्गा उपलब्ध गराउने कार्यपालिकाको निर्णय प्रकृयामा आफु सहभागि नभएको र यसरी सहयोग नगर्न लिखित पत्र आएको ले आफुले वडाको तर्फबाट स्थानीयको माग अनुसार काम गर्ने बताएका छन् ।
जिल्ला आयुर्बेद अस्पताल ब्यवस्थापन समितिका निबर्तमान अध्यक्ष गोपाल श्रेष्ठले आयुर्वेद अस्पताललाई अस्पताल जस्तो वनाउने गरी आफुले काम गरेको बताएका छन् ।
अध्यक्ष श्रेष्ठले नगरपालिकामा पहल गर्दा सानीमदौ मा रहेको तार्केश्वर मन्दिर छेउमा करिब ६ रोपनी जग्गा भोगाधिकार का लागि नगर कार्यपालिकाले निर्णय गरेकोले उक्त स्थानमै भवन निर्माणको काम अघि बढेको भए पनी मन्थलीका माझीसमुदायले भवन निर्माण का लागि बिरोध गरेको कारण नगरपालिकाले जहाँ जग्गा उपलब्ध गराउछ त्यस स्थानमा भबन निर्माण गर्न आफु तयार रहेको बताएका छन् ।
उनले भने यस अघि सम्भाबित जग्गा खोजि गर्ने क्रममा आयुर्बेद स्वस्थ्य केन्द्र भन्दा अगाडि (हाल नगरपालिकाको ट्रस्ट भएको क्षेत्र)को जग्गा उपयोग गर्ने गरी आबश्यक पहल गर्दा त्यहाका स्थानीय बासीले बिरोध गरेपछि यतापटि गाइखुरा र उतापटि मदौ सम्म सार्बजनिक जग्गा खोज्दै जाँदा सानीमदौमा पर्याप्त जग्गा भेटिएको र सोहि अनुसार नगरपालिकालाई अनुरोध पश्चात भोगाधिकारको निर्णय गरिदिएको हुन सक्ने बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...