ट्राफिक व्यवस्थापनमा सुधार गर्छु– श्रेष्ठ

Written by meropradesh creator

११ फाल्गुन २०७८, बुधबार

रामेछाप । रामेछापको ट्राफिक व्यवस्थापनलाई सुधार गरी नमुना योग्य शहर बनाउने बिषयमा आफु गम्भिर भएर लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक चन्द्रकुमार (फाजु) श्रेष्ठले जानकारी दिए ।

एकहप्ता अघि काभ्रेको वनेपाबाट सरुवा भएर रामेछापको ट्राफिक प्रहरी प्रमुखको रुपमा रामेछापमा हाजिर भएका श्रेष्ठले सदरमुकाम मन्थलीको ट्राफिक व्यवस्थापनमा आफु गम्भिर भएर लाग्ने बताए । उनले भने– ब्यस्त वजार र साँघुरो सडकका कारण कार्यालय समयको बेला काठमाण्डौं देखी सवारीसाधनहरु पनि आइपुग्ने र वजारमा सवारीसाधनको बढी चाप हुने भएकाले केही समय व्यवस्थापनमा कठिनाई हुने गरेको छ । यसलाई सहजता बनाउन आफुले योजना नै बनाएर सम्वन्धित निकायका पदाधिकारीको वैठक राखेर काम अघि वढाउने ट्राफिक प्रमुख श्रेष्ठले बताए ।

पहिलो चरणमा मन्थली नगरपालिका, वडा कार्यालय, उद्योग वाणिज्य संघ र पत्रकार महासंघ लगाएतका सरोकार निकायसँग छलफल गरेर ट्राफिक व्यवस्थापनमा सुधार गर्ने योजना प्रमुख श्रेष्ठले अघि सारेका छन् । पहिलो चरणमा पैदल हिडेर विद्यालय जाने वालवालिकाहरुलाई सडकको पेटीवाट हिड्न सिकाउने, पैदल यात्रीलाई सडक क्रस गर्दा जेव्राक्रसवाट मात्रै सडक काट्न सिकाउने र विद्यालयमा गएर वालवालिकाहरुलाई ट्राफिक नियमको विषयमा जानकारी गराउने जस्ता कार्यहरु गर्ने सो कार्यालयले जनाएको छ ।

त्यसैगरी वजारमा पार्किङ्गको अभाव हुँदा वैंक तथा वित्तिय संस्थामा काम लिएर आउने नागरिकले सहजताका साथ सेवा लिन नपाएको, मोटरसाइकल सडकमा रोकेर पसलमा केही सामानहरु समेत किन्न नपाएको भन्ने नागरिकको गुनासोलाई सम्बोधन गर्दै सडकको दुईतर्फी मोटरसाइकल पार्किङ्ग गर्न दिने गरी योजना अघि सारिएको छ । जसमा सडकको तल्लो भागमा १५ दिन र सडकको माथिल्लो भागमा १५ दिन मोटरसाइकल राख्न दिदा सबै नागरिकलाई सहज हुने देखिएकाले त्यही अनुसारको प्रस्ताव आफुले वैठकमा राख्ने ट्राफिक प्रमुख श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सरकारी कार्यालय र विद्यालय खुल्ने र बन्द हुने समयमा सडकमा यातायातका साधनलाई पार्किङ्ग गर्न नदिने र मालवाहक सवारी साधनलाई पनि विहान र वेलुका मिलाएर मात्रै सामान अनलोड र लोड गर्न दिने गरी योजना अघि बढेको छ । हाल मन्थलीको तामाकोशी अस्पताल देखी कृषि विकास बैंकसम्मको सडक यरिमा वढी मात्रामा ट्राफिक जाम हुदै आएको छ ।

ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग चाहिएमा थप सहयोग गर्न आफुहरु तयार भएको देवकोटा टोलसुधार समितिका अध्यक्ष सुरेश उदासले जानकारी दिए । उनले भने– वजारको ट्राफिक व्यवस्थापनमा सुधार गर्न र चुस्त दुरुस्त राख्न टोलसुधार समितिले के गर्नुपर्छ । ट्राफिक प्रहरीलाई आवश्यक परेको सहयोग सबै गर्न टोलसुधार समिति तयार रहेको अध्यक्ष श्रेष्ठले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...