कांग्रेस प्रदेश ‘ख’को बिभिन्न शाखा गठन तथा सदस्य मनोनीत

Written by meropradesh creator

८ फाल्गुन २०७८, आईतवार

रामेछाप । नेपाली कांग्रेस रामेछाप प्रदेश ‘ख’ ले शनिबार बिभिन्न शाखा गठन तथा आमन्त्रित सदस्य मनोनित गरेको छ । नेपाली कांग्रेस रामेछाप प्रदेश ‘ख’का सभापती राजेशकुमार श्रेष्ठको अध्यक्षतामा जिल्ला पार्टीकार्यालय मन्थलीमा बसेको बैठकले पार्टी प्रवक्ता सहिते ६ वटा शाखा गठन गर्नका साथै १० जनालाई आमन्त्रीत सदस्यमा मनोनीत गरेको छ । पार्टीलाई चलायमान र नजिकिँदो स्थानीय निर्वाचनलाई ध्यानमा राखेर विधान बमोजिम विभिन्न शाखा गठन तथा आमन्त्रित सदस्य मनोनयन गरिएको सभापति श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले पार्टीका कार्यक्रम तथा गतिविधि तथा निर्णय आधिकारिक व्यक्तिबाट सार्वजनिक गर्ने र सूचनाको सहजताका लागि प्रदेश प्रतिनिधि शिवराज खडाकालाई प्रवक्ताको जिम्मेवारी तोकिएको बताएका छन् । त्यसैगरि विधानअनुसार सभापति श्रेष्ठले १० जना आमन्त्रित सदस्यहरू पनि मनोनयन गरेका छन् ।
साथै, मनोनित गर्न बाँकी रहेको एक सदस्यमा दोरम्बा शैलुङ गाउँपालिका–३ का शुवास जंङ्ग थापामगरलाई मनोनित गरिएको नवनियुक्त प्रवक्ता खड्काले जानकारी दिए । क्षेत्रीय कार्यसमितिको बैठकले फागुन २८ गते शनिवार प्रद्रश ‘ख’ अन्तर्गतका नगरपालिका, गाउँपालिका तथा वडाका पार्टी पदाधिकारीहरूलाई मन्थलीमा एकदिने प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि गरिएको प्रवक्ता खड्काले बताए ।
बैठकले प्रबक्तामा प्रदेश प्रतिनिधि शिवराज खडाकालाई जिम्मेवारी तोकिएको छ भने सङ्गठन शाखाको संयोजकमा ज्ञानेन्द्र आरण, विकास शाखा संयोजकमा कपिल कार्की, कार्यक्रम समन्वय शाखा संयोजकमा सुजन ढुंगेल, अभिलेख शाखा संयोजकमा शकुन्तला त्रिपाठी प्रचार प्रसार शाखा संयोजकमा ज्ञानु श्रेष्ठ प्रशिक्षण शाखा संयोजकमा गुञ्ज बहादुर श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै गरी आमन्त्रित सदस्यहरूमा बेथान बाट युवराज लामा, गुन्सी बाट प्रविन थापामगर मझुवा बाट शंकरलाल श्रेष्ठ गागलबाट रामहरी खड्का लखनपुर बाट सागर तामाङ चिसापानी बाट मनोज श्रेष्ठ डडुवा बाट तारा मोक्तान पिङ्खुरी बाट जोतेन्द्र भण्डारी भटौली बाट डोरदेव घिमिरे फुलासी बाट कान्छीमाया तामाङलाई मनोनित गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...