शिक्षक श्रेष्ठको हत्या गोली हानि नभई धारिलो हतियारले घाँटी रेटेर हत्या

Written by meropradesh creator

२३ मंसिर २०७७, मंगलवार

मंसिर २३ रामेछाप
मोरङमा मंगलबार बिहान शिक्षकको हत्या गोली हानि नभई धारिलो हतियार प्रयोग गरेर घाँटी रेटेर भएको रहस्य खुलेको छ । प्रहरी टोली घटनास्थल पुगेर हेर्दा घाँटी काटिएको अवस्थामा फेला परेको थियो जनाएको छ । शिक्षक राजेन्द्र श्रेष्ठको हात बाँधेर घाँटी काटिएको प्रहरीले जानकारी दिएको छ ।
’सुरुमा स्थानियले गोलीको आवाज सुनेको भनेकाले गोली हानि लहत्या गरेको भनिएको भएपनीे टोली घटना स्थल पुगेर हेर्दा घाँटी काटिएको पाइयो जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले बताउनु भयो । मोरङको मिक्लाजुङ् गाउँपालिका १ बर्खे भन्ने जंगलमा सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका ५२ वर्षीय श्रेष्ठको हत्या भएको थियो । उनलाई आज बिहानै अज्ञात समूहले घरबाट लगेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको एसपी खड्काले बताउनु भयो ।
मृतकका परिवारले दिएको जानकारी अनुसार बिहान साढे ६ बजेतिर ४।५ जनाको समूहले उनलाई घरबाट ’उठाएर’ लगेका थिए । प्रहरीको प्रारम्भीक अनुसन्धानमा नेत्रविक्रम चन्द समूहले हत्या गरेको देखिएको छ । श्रेष्ठले प्रहरीलाई सुराकी दिएकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
’यो घटनाको प्राविधिकदेखि अन्य कोणबाट अनुसन्धान सुरु भइसकेको छ ।’ एसपी खड्काले भने । सुरुमा उनलाई घरभन्दा करिब १ किलोमिटर पर रहेको जंगलमा लगेर गोली हानेको मृतका परिवारले जानकारी दिएको एसपी खड्काले जानकारी दिएका थिए । शिक्षक श्रेष्ठको हत्या भएपछि प्रदेश १, प्रदेश प्रहरी कार्यालयले पूर्वका विभिन्न जिल्लामा सर्च अभियान चलाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

 रामेछापका १३ घर आगलागी पीडितलाई राहत प्रदान   

 रामेछापका १३ घर आगलागी पीडितलाई राहत प्रदान   

रामेछाप । तामाकोशि सेवा समिति मन्थली, मेयर ध्वज सेवा समिति रामेछाप नगरपालिका ८ भँगेरी र मारवाडी सेवा समिति काठमाडौँले रामेछापका १३ घर आगलागी पीडितलाई सहयोग गरेको छ । रामेछाप नगरपालिका–९ टारका १३ घर आगलागी पीडितहरूलाई सिरक ,ग्याँस,ग्याँस सिलिन्डर चामल लगायत विभिन्न...

जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

रामेछाप । जिल्ला अस्पताल रामेछाप नेपाल भरका जिल्ला अस्पताल मध्य तेस्रो हुन सफल भएको छ ।  स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछापले ९१ प्रतिशत अङ्क प्राप्त गर्दै तेस्रो हुन सफल भएको छ ।  देशभर...

बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बरामद अफिम नष्ट गरेको छ । प्रहरीले फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिलदेवीबाट दुई महिला सहित ७ हजार बोट लागू औषध (अफिम) बरामद गरिएको थियो । कानुनी प्रक्रिया पुरा गरी सोमबार प्रहरी परिसर भित्र नष्ट गरेको हो । सुनापती...