निर्वाचन आचरसंहिता सम्बन्धी सरोकारवाला संग छलफल

Written by meropradesh creator

४ फाल्गुन २०७८, बुधबार

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचन आचारसंहिता सम्बन्धी सरोकारवाला संग छलफल गरेको छ । मंगलबार जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो छैटौँ निर्वाचन दिवसका अवसरमा निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रम चलाएको छ ।
अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुलेहरुले आचारसंहिता कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । सरोकारवालाहरुले निर्वाचन आचारसंहिता देख्दा र पढ्दा राम्रो र कडा जस्तो देखिए पनि कार्यान्वयनको पाटो फितलो रहेको बताएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र रामेछापका नेता दीपक प्रसाइले निर्वाचनलाई स्वच्छ नबनाए नेताहरु भ्रष्ट हुने भएकाले राजनीतिक दलहरु गम्भीर भएर लाग्नुपर्ने जनाएका छन् ।
नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले लोकतन्त्रमा विश्वास राख्ने राजनीतिक दलहरुका लागि निर्वाचन महत्वपूर्ण भएकाले निर्वाचन महंगो हुदै गएकोले सैदान्तीक ब्यक्ति निर्वाचनमा भाग लिन बाट भाग्न पर्ने समय आएको भन्दै आचरसंहितालाई सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताए । त्यस्तै अध्यक्ष श्रेष्ठले निर्वाचनलाई व्यवस्थित बनाउन सवै निकाय तथा व्यक्ति लागीपर्नु पर्ने बताए । विगतमा भएका निर्वाचनलाई लिएर विभिन्न राजनीतिक दलहरुभित्र निर्वाचन आचारण र खर्च कम गर्ने बारेमा छलफल भैरहेको समेत उनले जानकारी दिए ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले निर्वाचन आचारसंहिताबा बारेमा स्थानीय सरकार सचेत रहेको बताएका छन् । अहिले राजनीतिक दलहरुमा पहिला जस्तो किन्ने गरी जनतामा जानुहुन्न भन्ने चेतना भएकाले अबको निर्वाचनमा खर्च कम हुने विश्वास रहेको गाउँपालिका अध्यक्ष तामाङले बताएका छन् ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले पछिल्लो समय सम्पन्न भएका निर्वाचनहरु सव्य ढंगले सम्पन्न हुने गरेको जानकारी दिए । उनले भने निर्वाचनमा धेरै खर्च गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने भनाई रहेको छ । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी मधुकरकुमार साहले स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी निर्वाचन आयोगको गतिविधि, रामेछापको मतदाता विवरण ,अनि निर्वाचन आचारसंहिताका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीको अध्यक्षतामा भएका थियोे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...