डिएसपी ढुंगानाको १३ महिना रामेछाप बसाई

Written by meropradesh creator

३ फाल्गुन २०७८, मंगलवार

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगाना १३ महिनाको वसाई पछी सरुवा भएर बिराटनगर गएका छन् । डिएसपी ढुंगाना रामेछाप १३ महिना बस्दा केही महत्वपुर्ण काम गरेका छन् । १३ महिना रामेछापको प्रहरी प्रमुखको भुमिका सम्हालेका ढुंगानाको कार्यकालमा कुनै पनि विवादित काम गरेको बाहिर आएको भेटिएन । डिएसपी ढुंगानाले सोमबार पत्रकार सममेलन गरी रामेछापको १३ महिनाको बसाइको समयमा राजनितिकदल पत्रकार नागरिक समाज बाट आफुलाई ठुलो सहयोग भएको बताए ।

डिएसपी ढुंगानाले भने आफुले नागरिकलाई केन्द्रमा राखेर काम गरेको बताए । पत्रकार सम्मेलनमा जिल्लाको जिम्मेवारी पाएपछि नागरिककै चाहना र भावना अनुसारको काम गरको बताउदै आफ्नो कार्यकालको क्रममा भएका सबै घटनामा संलग्न दोषीलाई पक्राउ गर्न सफल भएको र प्रहरीले काम नगरेको गुनासो गर्ने ठाउँ नदिएको बताए ।
पत्रकार सम्मेलनमा डिएसपी ढुंगानाले १३ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय रामेछापले आदलतबाट विभिन्न मुद्धामा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका ५७ जना अभियुक्तहरुलाई पक्राउ गरेको जानकारी दिए । त्यसैगरी अदालतको फैसलापछि फैसला कार्यान्वयनको क्रममा २०७७ माघ ९ गते देखि फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेकोे बताए । ढंगानाका अनुसार पक्राउ परेका ५७ जनालाई कुल ४७ वर्ष सात महिना दुई दिन कैद सजाय र ४३ लाख ८५ हजार ९०५ रुपैँया जरिवाना समेत गरेको जनाएको छ ।
डिएसपी ढुंगानाले रामेछापको बसाइको समयमा हिरासतमा स्वास्थ्य परिक्षण, टेलिभिजन र पुस्तकको व्यवस्थापन,नागरिक सहायता कक्षको स्थापना, गर्नका साथै जिल्ला प्रहरी कार्यालय रामेछाप अन्र्तगतका विभिन्न प्रहरी चौकीहरुको कार्यालय स्थापनाको लागि सात रोपनी जग्गा प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी चौकी गोकुलगंगाको लागि तीन रोपनी, प्रहरी चौकी फुलासीको लागि तीन रोपनी र प्रहरी चौकी लुभुघाटको लागि एक रोपनी गरी जम्मा सात रोपनी जग्गा प्राप्त गरेको छ । प्रहरीले जिर्ण प्रहरी चौकीका कारण भाडामा बस्नुपर्ने अवस्था भएकाले कार्यालय स्थापना गर्नको निमित्त प्रहरीले जग्गा उपलब्ध गराउन पहल गरेको थियो । सोही अनुसार सात रोपनी जग्गा प्राप्त गरेको समेत जानकारी गराएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...