रामेछाप । नेकपा एमालेका जिल्ला इन्चाज एवं बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निमार्वचनमा रामेछापको आठ ओटै स्थानीय तहमा एमालेले जित हासिल गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता ढुंगेलले रामेछापको सबै स्थानिय तहमा एमालेको जित सुनिश्चित रहेको बताएका हुन् । पूर्वमन्त्री ढुंगेलले आफु बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रहदा रामेछापमा विकासको लहर छाएको बताउँदै अब सबै स्थानिय तहमा एमालेको जित पक्का रहेको बताएका हुन । सथै सोही कार्यक्रममा प्रेस चौतारी नेपाल रामेछापले पत्रकार नवराज पथिकलाई सम्मान गरेको छ ।
प्रेस चौतारी नेपाल जिल्ला कमिटी रामेछापले आफ्नो चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा पत्रकार पथिकलाई नगद सहित दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरेको हो । प्रेस चौतारी रामेछापका अध्यक्ष युनिक विफा घिसिङको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र विशिष्ट अतिथि वागमती प्रदेशका पूर्व आथिक मामिला तथा योजनामन्त्री, एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुंगेलले नगद ५ हजार रुपैयाँ सहित दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरेको हो । विगत २५ वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय पत्रकार नवराज पथिक अहिले रेडियो इनर्जी १०६.२ मेगाहर्ज मन्थलीका प्रवन्धक निर्देशक, सनराइज खबरमा सहायक सम्पादक र एभिन्युन टेलिभिजका रामेछाप जिल्ला रिपोर्टरको रुपमा काम गरेका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









