कर्मचारीको दादागिरीले गाउँपालिका चल्दैन ः उप्रमुख कार्की

Written by meropradesh creator

२१ माघ २०७८, शुक्रबार

रामेछाप । उमाकुण्ड गाउँपालिकाका उपप्रमुख उर्मीला कार्कीले कर्मचारीको दादागिरीले गाउँपालिका चलाउन खोजेको भन्दै त्यसको बिरोध गरेकी छन् । बिहिबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दीपेन्द्र पैकरा र लेखापाल राजन गुरागाई बिच झगडा भएको थियो । निमित्त प्रमुख प्रशासकिय पैकरा र लेखापाल गुरागाई बिच एक आपसमा झगडा गरेर नागरीकको काममा अबरोध सिर्जना गरेको भन्दै गाउँपालिकामा कर्मचारीको दादागिरी नचल्ने बताइन ।

गाउँपालिकाको लाखौँ रकम लेनदेनको विषयमा एक आपसमा कुरा नमिलेर सरकारी कागजपत्र र चेक च्यत्ने कुरा साधरण कुरा हैन् यो हामी मान्दैनौ गाउँपालिका उपप्रमुख कार्कीले भनिन् । बिहिबार निमित्त प्रमुख प्रशासकिय पैकरा र लेखापाल गुरागाई एक घण्टा भन्दा बढी समय सम्म बन्दकोठामा बसेर लेनदेनको हिसाब गरे हिसाब नमिले पछी तिन वटा चेक र अन्य कागज पत्र समेत च्यातेर फ्याल्ने काम भएछ उनले भनिन् । गाउँपालिका भित्र प्रमुख प्रशासकिय र लेखापाल बिच झगडा हुनु साधारण कुरा हैन । त्यसको अनुसन्धान हुनु आवश्यक छ । गाउँपालिकाको लेटर प्याड प्रयोग गरेर आफु मनखुसी जनप्रतिनिधीहरुलाई जानकारी समेत नगराई प्रेस बिज्ञप्ति कर्मचारी ले निकालेकोमा समेत आफ्नो आपती रहेको बताएकी छिन् । झगडा गर्ने सरकारी कागजपत्र च्यातेर हिड्ने अनी हामी संग कुनै छलफल छैन हामी मिलेर काम गछौं भन्दै प्रेस बिज्ञप्ति निकाल्ने काम भएको छ यसमा पनी आपती छ । कुन बिषयमा कुरा मिलेको हो अब मिलेर के काम गर्ने हो जानकारी छैन् । दुइजना मिलेर गाउँपालिका चल्छ भने हामी जनप्रतिनिधी र अन्य कर्मचारीको के काम भन्दै उपप्रमुख कार्कीले प्रश्न गरिन । गाउँपालिकाले प्रेस बिज्ञप्ति निकाल्ने बेला छलफल हुन जरुरी छ उपप्रमुख कार्कीले भनिन् । गाउँपालिका र जनप्रतिनिधिको बदनाम गर्ने काम भएको भन्दै आवश्यक छानबिन गरी उनिहरुलाई कार्बाहीको दायरामा ल्याउन गाउँपालिका प्रमुख संग उपप्रमुख कार्कीले आग्रह गरेकी छिन् । साथै सो घट्नाको छानविन गरी सर्वसाधरण नागरिकको काममा एक हप्ता भित्र सहजता ल्याउन र कार्यकारी र लेखापालको ब्यवस्था मिलाउन समेत गाउँपालिका अध्यक्ष समक्ष अपिल समेत आफुले गरेको जानकारी दिइन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...