नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ को कार्यलय उद्घाटन

Written by meropradesh creator

१६ माघ २०७८, आईतवार

रामेछाप । नेपाली काँग्रेस प्रदेश सभा ‘क’ रामेछापको कार्यालय लिखुतामाकोशी गाउँपालिका–६ खिम्तिमा स्थापना गरिएको छ । शनिबार बसेको नेपाली काँग्रेस प्रदेश सभा–क रामेछापको दोस्रोे बैठकले कार्यलय उद्घाटन गर्नको साथै कोषाध्यक्ष र प्रवक्ता समेत चयन गरेको छ । पार्टी कार्यालय नेपाली काँग्रेस लिखुतामाकोशी ६ खिम्तीका जेष्ठ सदस्य एवं जेष्ठ नागरिक भुमीराज खड्का र लक्ष्मी प्रसाद दाहालले संयुक्त रुपमा उद्घाटन गरेको प्रवक्ता कृष्णदाश सुनुवारले जानकारी दिए ।

बैठकले कोषाध्यक्षमा चेत बहादुर खड्का र प्रवक्तामा कृष्णदाश सुनुवारलाई चयन गरेको हो । सभापति निरोज खड्काले कोषाध्यक्षमा खड्का र प्रवक्तामा सुनुवारको नाम बैठकमा प्रस्ताव गरेपछि दुबै जना सर्वसम्मत चयन भएका हुन् ।
कोषाध्यक्षमा चयन भएका खड्का खस आर्यतर्फबाट प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए भने प्रवक्ता चयन भएका सुनुवार जनजाति तर्फबाट प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
बैठकमा सभापति खड्काले कुमार तामाङ (टसी लामा) लाई प्रदेश सभा क्षेत्रीय सदस्यमा मनोनित गरेका छन् । निर्वाचित कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न पाउने अधिकारलाई प्रयोग गर्दै तामाङलाई सदस्यमा मनोनित गरिएको प्रवक्ता सुनुवारले जानकारी दिए ।
बैठकमा रामेछाप प्रदेश सभा (क) क्षेत्रबट प्रतिनिधित्व गर्दै नेपाली काँग्रेस बागमती प्रदेश सदस्यमा निर्वाचित उज्वलराम घिमिरे, भिमशेन बस्नेत र कल्पना खड्कालाई प्रदेश सभा क्षेत्रीय कार्यसमितिको तर्फबाट बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत दिइएको छ ।
रामेछाप प्रदेश सभा (क) क्षेत्रको पहिलो बैठकमा प्रदेश सभा (क) भित्र रहेका ३२ वटा वडा भित्र टोल समिति गठन गर्न परिपत्र गरिएको र दोस्रो बैठक सम्ममा २० वटा वडामा टोल समिति गठन गरिसकिएको र बाँकी वडाहरुमा समेत टोल समिति गठन गर्ने कार्य भइरहेको बैठकमा जानकारी गराइएको बताइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...