रामेछापका २२ स्वास्थ्य संस्था पुनर्निमार्ण हुँदै

Written by meropradesh creator

११ माघ २०७८, मंगलवार

रामेछाप । २०७२ सालको बिनासकारी भुकम्पले क्षती पुर्याएका रामेछापका २२ वटा स्वास्थ्य संस्थाको पुनर्निमार्णको काम शुरुवात भएको हो ।

बिरामीलाई सुविधा सम्पन्न भवनवाट स्वास्थ्य सेवा उपलव्ध गराउने उद्धेश्यले ती स्वास्थ्य संस्थाको भवन पुनर्निमार्ण गर्न लागिएको हो । यसअघि भुकम्पले क्षती पुगेका भवनवाट स्वास्थ्य संस्थाले विरामीलाई सेवा दिदै आएका थिए । सरकारले भुकम्पपछि स्वास्थ्य संस्थाको पुनर्निमार्णको जिम्मा राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणलाई दिएपछि रामेछापमा जिल्ला अस्पताल, बाम्ती अस्प्ताल र कठजोर स्वास्थ्य चौकीको भवन निमार्णको काम सकिएको छ । सुविधा सम्पन्न भवन निमार्ण भएसँगै ती स्वास्थ्य संस्थाबाट बिरामीलाई स्वास्थ्य सेवा दिदै आएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा.पवन शाक्यले जानकारी दिए ।

केही महिनाअघि सरकारले पुनर्निमार्ण प्राधिकरण खारेज गरेर बाँकी भवन निमार्णको कामको जिम्मेवारी सघन सहरी तथा भवन निमार्ण आयोजनालाई दिएसँगै रामेछापमा पुनर्निमार्ण हुन बाँकी रहेका स्वास्थ्य संस्थाको काम अघि वढाएको हो । हाल मन्थली अस्पतालको १५ शैया, प्राथमिक स्वास्थ्य केन्द्र गेलुमा ५ शैया क्षमताको भवन निमार्ण भइरहेको छ । त्यस्तै स्वास्थ्य चौकी देउराली, खाँडादेवी, कुभुकास्थली, चुचुरे, तिल्पुङ्ग, विजुलीकोट, सालु, गोठगाउँ, हिमगंगा, रामपुर, ओख्रेनी, दुरागाउँ र भलुवाजोरका स्वास्थ्य संस्थाको भवन निमार्णको काम धमाधम भइरहेको आयोजना प्रमुख सुरेशकुमार वाग्लेले जानकारी दिए ।

उनले भने– भवन निमार्णको लागि २० करोड ५२ दाख रुपैयाँमा निमार्ण गरिसक्ने गरि निमार्ण कम्पनीसँग सम्झौता भएर काम अघि वढेको छ । यस्तै जिल्लाको गौश्वारा,डडुवा, गेलु, चनखु, चिसापानी,पिङखुरी, मझुवा र खनियापानीमा पनि भवन निमार्णको काम भइरहेको ती भवन निमार्णको लागि १९ करोड ३७ लाख रुपैयाँ र मन्थली अस्पताल पुनर्निमार्णको लागि ९ करोड ३२ लाख रुपैयाँको लागतमा निमार्ण सक्ने गरि निमार्ण कम्पनीसँग सम्झौता गरेर काम अघि वढेको छ । सबै स्वास्थ्य संस्थाको पुनर्निमार्णको काम समयमानै सक्ने गरिसक्ने प्रमुख वाग्लले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...