मन्थलीका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन

Written by meropradesh creator

७ माघ २०७८, शुक्रबार

रामेछाप । सरकारले अग्रभागमा रहेर काम गर्ने स्वास्थ्य कर्मीलाई दिने भनेको जोखिम भत्ता रकम मन्थली नगरपालिकामा कार्यरत १ सय ३४ जना स्वास्थ्यकर्मीहरुले अहिलेसम्म पाउन सकेका छैनन् ।

कोरोना महामारी बढेसँगै पहिलो चरणमा नै स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशतसम्म जोखिम भत्ता दिने गरि सरकारले वजेटको व्यवस्थापन गरेर स्थानिय तहमा पठाउँदा पनि उक्त रकम स्वास्थ्यकर्मीहरुले पाउन सकेका छैनन् । स्वास्थ्यकर्मीहरुले पहिलो चरणकै रकम पाउन नसकेको अवस्थामा कोरोनाको तेस्रो लहरमा काम गर्ने की नगर्ने भन्ने बिषयमा कर्मचारीहरु बिच छलफल भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.नवराज श्रेष्ठले जानकारी दिए ।

उनले भने– कोरोनाका बिरामी वढेसँगै हामीहरुले आइसोलेसनमा विरामी भर्ना गरेर काम गर्दै आएका छौं । नगरपालिकाले कोरोनाको पहिलो चरणमा केही स्वास्थ्यकर्मीलाई आशिंक रकम मात्रै दियो । कर्मचारीले सरकारले भने अनुसारको रकम अझै पाउन सकेका छैनन् । हामीले पाउने जोखिम भत्ताको बिषयमा पटक–पटक नगरपालिकासँग रकम माग गर्यौ तर अझै पाउन सकेका छैनौं । अब फेरी कोरोनाको तेस्रो लहरको सामना गर्दै छौं । सरकारले कर्मचारीलाई दिएको सुविधा वापतको रकम नपाएपछि कर्मचारीले काममा चासो नदेखाएको डा.श्रेष्ठले बताए ।

मन्थली नगरपालिकाका १४ वटा वडाका स्वास्थ्य संस्थामा कार्यरत १ सय ३४ जना स्वास्थ्यकर्मीहरु रहेका छन् । ती मध्ये केही स्वास्थ्यकर्मीलाई पहिलो चरणको कोरोनाको समयमा केही रकम प्रदान गर्यौ र बाँकी अन्यलाई रकम उपलव्ध गराउन नसकिएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख केशव फुयालले जानकारी दिए ।

उनले भने– पहिलो चरणमा केही स्वास्थ्यकर्मीले केही रकम पाए । कोरोनाको दोश्रो चरणको रकम अझै दिन सकिएको छैन् । पुनः कोरोनाको तेस्रो चरणमा पनि स्वास्थ्यकर्मीहरुले अग्रभागमा रहेर काम गर्नुपर्ने भएकाले कसलाई कसरी जोखिम भत्ता उपलव्ध गराउने भन्ने बिषयमा कार्यालयमा छलफल भएपछि मात्रै रकम उपलव्ध गराउने सोचमा मन्थली नगरपालिका रहेको छ । स्वास्थ्यसंस्थामा कार्यरत १ सय ३४ जना स्वास्थ्यकर्मी भएपनि सबैलाई उक्त रकम दिने मनस्थितीमा मन्थली नगरपालिका नरहेको पनि स्वास्थ्य प्रमुख फुयालले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...