श्रोत बीउ प्रमाणिकरण सम्वन्धी गोष्ठि सम्पन्न

Written by meropradesh creator

३० पुष २०७८, शुक्रबार

रामेछाप । जिल्ला स्तरमा श्रोत बीउ प्रमाणिकरण तथा नियन्त्रण सम्वन्धी अन्र्तक्रिया कार्यक्रम जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ ।
बीउ विजन प्रयोगशाला, बागमती प्रदेश हेटौडाको आ.व.२०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र रामेछापको समन्वयमा उक्त कार्यक्रमम सम्पन्न भएको हो । उक्त कार्यक्रममा जिल्लामा बीउ विजनको अवस्था, चुनौती तथा अवसरहरुको बिषयमा सहभागीहरुलाई कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी गराएकी थिइन ।

त्यसैगरी बीउ विजन प्रयोगशालाको कार्यक्रम, कार्यक्षेत्र र बीउ विजनको नियमन र भूमिका, वीउ विजन ऐन, नियमावली र कानुनी प्रावधानका सम्वन्धमा बीउ विजन प्रयोगशाला हेटौडांका प्रमुख कुल प्रसाद दवाडीले सहभागीहरुलाई जानकारी गराएका थिए । त्यस्तै प्रमुख दवाडीले बीउ विजनको बिक्रीवितरण गर्ने व्यक्तिले सम्वन्धीत निकायवाट अनुमती लिएर मात्रै कारोवार गर्नुपर्ने अन्यथा निजलाई कानुन अनुसार कारवाही हुने समेत जानकारी गराए ।

उक्त अन्र्तक्रिया कार्यक्रममा रामेछाप र दोलखाका विभिन्न कृषक समुह÷सहकारी तथा व्यवसायीहरुको सहभागीता रहेको थियो । सहभागीहरुले कृषकहरुले अहिले पनि बीउ विजन खरिदमा समस्या भएको, समयमा बीउ र रासायनिक मल पाउन नसक्दा किसानहरुले भनेको समयमा बाली लगाउन नसकेको भन्दै यसतर्फ सम्वन्धित निकायले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।


सहभागीहरुले उठाएको बिषयलाई लिएर कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख गुरुङ्गले किसानहरुले बीउ खरिद गर्दा नेपाल सरकारवाट आधिकारीक रुपमा दर्ता भएका निकायवाट सूचिकृत भएका जातहरु खरिद गर्न र सोही वमोजीमका बीउहरु लगाउन सहभागीहरुलाई आग्रह गरेकी थिइन ।

कार्यक्रम बीउ विजन प्रयोगशाला हेटौडांका प्रमुख कुल प्रसाद दवाडीको अध्यक्षता र लिखु तामाकोशी गाउँपालिकाकी प्रमुख दिपशिखा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न प्राविधिक कर्मचारीहरु र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुखको समेत सहभागीता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...