श्रोत बीउ प्रमाणिकरण सम्वन्धी गोष्ठि सम्पन्न

Written by meropradesh creator

३० पुष २०७८, शुक्रबार

रामेछाप । जिल्ला स्तरमा श्रोत बीउ प्रमाणिकरण तथा नियन्त्रण सम्वन्धी अन्र्तक्रिया कार्यक्रम जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ ।
बीउ विजन प्रयोगशाला, बागमती प्रदेश हेटौडाको आ.व.२०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र रामेछापको समन्वयमा उक्त कार्यक्रमम सम्पन्न भएको हो । उक्त कार्यक्रममा जिल्लामा बीउ विजनको अवस्था, चुनौती तथा अवसरहरुको बिषयमा सहभागीहरुलाई कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी गराएकी थिइन ।

त्यसैगरी बीउ विजन प्रयोगशालाको कार्यक्रम, कार्यक्षेत्र र बीउ विजनको नियमन र भूमिका, वीउ विजन ऐन, नियमावली र कानुनी प्रावधानका सम्वन्धमा बीउ विजन प्रयोगशाला हेटौडांका प्रमुख कुल प्रसाद दवाडीले सहभागीहरुलाई जानकारी गराएका थिए । त्यस्तै प्रमुख दवाडीले बीउ विजनको बिक्रीवितरण गर्ने व्यक्तिले सम्वन्धीत निकायवाट अनुमती लिएर मात्रै कारोवार गर्नुपर्ने अन्यथा निजलाई कानुन अनुसार कारवाही हुने समेत जानकारी गराए ।

उक्त अन्र्तक्रिया कार्यक्रममा रामेछाप र दोलखाका विभिन्न कृषक समुह÷सहकारी तथा व्यवसायीहरुको सहभागीता रहेको थियो । सहभागीहरुले कृषकहरुले अहिले पनि बीउ विजन खरिदमा समस्या भएको, समयमा बीउ र रासायनिक मल पाउन नसक्दा किसानहरुले भनेको समयमा बाली लगाउन नसकेको भन्दै यसतर्फ सम्वन्धित निकायले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।


सहभागीहरुले उठाएको बिषयलाई लिएर कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख गुरुङ्गले किसानहरुले बीउ खरिद गर्दा नेपाल सरकारवाट आधिकारीक रुपमा दर्ता भएका निकायवाट सूचिकृत भएका जातहरु खरिद गर्न र सोही वमोजीमका बीउहरु लगाउन सहभागीहरुलाई आग्रह गरेकी थिइन ।

कार्यक्रम बीउ विजन प्रयोगशाला हेटौडांका प्रमुख कुल प्रसाद दवाडीको अध्यक्षता र लिखु तामाकोशी गाउँपालिकाकी प्रमुख दिपशिखा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न प्राविधिक कर्मचारीहरु र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुखको समेत सहभागीता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।  दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म...