एमाले रामेछापको अध्यक्षमा तिन जनाको उमेरद्धवारी

Written by meropradesh creator

२४ पुष २०७८, शनिबार

रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । वर्तमान कार्यसमितिका उपाध्यक्ष प्रेमबहादुर तामाङ, सचिव आनन्दकुमार श्रेष्ठ र उप–सचिव झम्क कडेंलको उम्मेदवारी परेको निर्वाचन अधिकृत नबराज घिमिरेले जानकारी दिए । अधिकृत घिमिरेका अनुसार सहमतीको प्रयास असफल भए संगै निर्वाचन प्रक्रिया सुरु भएको हो । प्रेम बहादुर तमाङ्ग खाँडादेवी गाउँपालिकाका प्रमुख तथा पार्टी उपसभापती हुन , आनन्द श्रेष्ठ हाल पार्टी सचिबको रुपमा रहेर काम गरेका छन् भने एमाले बिभाजनको समयमा पार्टी सभापतीको रुपमा रहेर काम गरी सकेका छन् । झम्क कडेंल भने पार्टीको सह सचिबको रुपमा रहेर काम गरी रहेका छन् ।
यस्तै जिल्ला कमिटीको उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, रमेश वाग्ले, नारायण प्रसाद पौडेल, भुवन विक्रम घिमिरे, ध्रुबकुमार कार्की, सुमन कुमार लामाको उम्मेदवारी परेको छ । यस्तै सचिवमा पुरुषोत्तम कडरिया, गोपाल श्रेष्ठ र दुर्गा श्रेष्ठको उम्मेदवारी परेको छ भने उप–सचिवमा सवैभन्दा धेरै दाबेदार देखिएका छन् । उप–सचिवमा प्रकाशकुमार कार्की, चन्द्र बहादुर मानन्धर, केशवकुमार प्रधान र होतराज ढकालको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीले शनिबार दिउँसो १ बजेबाट निर्वाचन प्रक्रिया सुरु गरेको थियो । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वडा, विभिन्न विभाग र जनवर्गीय संगठनबाट गरी आठ सय १४ जना मतदाता रहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

सरकारका मन्त्रीहरूले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढाउन र विद्यमान कानुनहरूलाई जनमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।जिल्ला प्रशासन कार्यालय रामेछापमा शनिबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री सोविता गौतम र भौतिक मन्त्री सुनिल...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...