फोनिज बागमती प्रदेश अध्यक्षमा रामेछापका श्रेष्ठ

Written by meropradesh creator

२४ पुष २०७८, शनिबार

रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश अध्यक्षमा रामेछापका युवराज श्रेष्ठ निर्वाचित भएका छन् । पौष २१ र २२ गते हेटौडामा भएको दोस्रो प्रादेशिक महाधिवेशनले रामेछापका श्रेष्ठलाई बागमती प्रदेश अध्यक्षमा निर्वाचित गरेको हो । नेपाल पत्रकार महासंघ रामेछाप शाखाका कोषाध्यक्ष समेत रहेका श्रेष्ठ, रेडियो झंकारका ९७.५ मेगाहर्जका स्टेशन म्यानेजर हुन् । न्यूज २४ टेलिभिजन रामेछापका प्रतिनिधि रहेका श्रेष्ठ रेडियो पत्रकारिताका प्रशिक्षक पनि हुन् । श्रेष्ठ बिगत १८ बर्ष देखी रेडियो क्षेत्रमा आवद्ध रहेर काम गर्दै आएका छन् । उनी यस भन्दा पहिला प्रदेश उपाध्यक्ष हुन् ।


प्रदेश समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष– राजेश रुम्बा, महिला उपाध्यक्ष– डोल्मा शेर्पा, महासचिव– श्याम राना, संगठन सचिव– शिशिर दोङ, संस्थागत सचिव– राजु नापित र कोषाध्यक्षमा शंकर श्रेष्ठ रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा खुल्लातर्फ मिना श्रेष्ठ, कमला तामाङ, पासाङ शेर्पा, पूर्णबहादुर मगर, उद्दवकुमार श्रेष्ठ, अर्विन्द्रमान सिंह, सरोज लामा र पासाङ घिसिङ निर्वाचित भएका छन् । संस्थागत सदस्यहरुमा रबिन्द्र सिंजाली मगर, दिक्कीडोल्मा शेर्पा, फूर्वा तामाङ, संजय चौधरी र हिरालाल गुरुङ रहेका छन् भने संघीय प्रतिनिधिमा सम्झना श्रेष्ठ, पूर्णभक्त दुवाल, र पेमा लामा निर्वाचित भएका छन् .

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...