ट्राफिकको सप्ताहव्यापी कार्यक्रम सकियो

Written by meropradesh creator

१२ पुष २०७८, सोमबार

मन्थली । सबारी दुर्घटनामा बृद्धि भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले शुरु गरेको सवारी दुर्घटना न्युनीकरणको लागि गरिएको सप्ताहाव्यापी कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

एकहप्तासम्म चलेको उक्त कार्यक्रमको अन्तिम दिन जिल्ला समन्वय समिति रामेछापको प्राङ्णमा सहभागी भएका सहभागीहरुले दुर्घटना न्युनिकरण सम्वन्धि लेखिएको स्लोगन सहितको विभिन्न प्लेकार्ड र ब्यानर सहित निस्किएको र्याली मन्थली वजार परिक्रममा गरि स्थानिय देवकोटा चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जिल्लामा हुने सवारी दुर्घटना न्युनीकरणको लागि ट्राफिक प्रहरीले उल्लेख्य रुपमा काम गरेको जानकारी दिए । उनले दुर्घटनाको न्युनीकरण र जोखिमको बिषमा गरेको यो अभियानले सवारी चालक र यात्रु दुवैले ट्राफिक नियम पालना गर्ने हो भने ठूलो सवारी दुर्घटनावाट जोगिन सकिने समेत बताए ।


कार्यक्रमको पहिलो दिन प्रहरीले जिल्लाका विभिन्न रुटहरुमा चल्ने यातायातका साधनहरुमा स्टीकर टाँस गरेर कार्यक्रमको शुरुवात गरेको थियो । ट्राफिक प्रहरीले शुरुवात गरेको यो अभियानमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जनचेतनामुलक शिक्षाको विषयमा विद्यालयमा नै गएर कक्षा लिएको, चालक र यात्रुहरुसँग अन्तरक्रीया कार्यक्रम गरेको, त्यसैगरी सामाजिक संस्था जेसिस र प्रहरी मिलेर मन्थली क्याम्पसमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिकल भट्टराईले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...