५ लाख बजेट सक्न समन्वय पदाधिकारीको मन्दीर भ्रमण

Written by meropradesh creator

११ पुष २०७८, आईतवार

रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा रहेको ५ लाख रुपैयाँ वजेट सक्न समन्वय प्रमुख तथा पदाधिकारी र कर्मचारीहरु कार्यलयकाे काम छाडेर एक हप्ते मन्दीर भ्रमणमा निस्किएका छन् ।

समन्वय समितिका पदाधिकारीहरुको म्याद सकिन लाग्दा कार्यालयमा भएको बजेट सक्ने उद्धेश्यले उनीहरु बाह्य जिल्ला भ्रमणमा निस्किएका हुन् । एकहप्ता लामो भ्रमणमा निस्किएका समन्वयका पदाधिकारी र उनीहरुका आफन्त तथा समन्वय अधिकारी र केही कर्मचारीहरु समेत गरि करिव डेढ दर्जन व्यक्तिहरु भ्रमणमा गएका हुन् ।

जिल्ला समन्वय समितिमा पदाधिकारी आएको करिव साढे चार बर्ष बितिसक्दा जिल्लामा हुने विभिन्न विकास निमार्ण लगाएका कामको अनुुगमन, दर्ता विना नै संचालन भएका क्रसर उद्योग, नदी दोहन जस्ता जटिल बिषयमा काम गर्न नसकेर मुक दर्शक भएर बसेका पदाधिकारीहरु कार्यालयमा भएको बजेट सक्न भने तम्सीएका छन् ।


सरकारले भ्रमण लगाएतका शिर्षकमा खर्च नगर्न निर्देशन गरेको भएता पनि सरकारले गरेको परिपत्रलाई लत्याउँदै समन्वय समितिका पदाधिकारीहरु भ्रमणमा गएका हुन् । उनीहरुले प्युठानको स्वर्गद्धारी मन्दीर र अन्य मठमन्दीरहरु, अर्घाखाची जिल्लामा भएका मन्दीरहरु र अन्य स्थानहरुको भ्रमण गरेर रकम सक्ने गरि गएको जिल्ला समन्वय समितिका एक कर्मचारीले जानकारी दिए ।

उनले भने– अहिले भ्रमण नगर्दा ५ लाख रुपैयाँ रकम जोगिन भन्दै उक्त रकम जसरी भएपनि आफ्नै कार्यकालमा सक्ने भन्ने प्रमुख लगाएतका पदाधिकारीले जिद्धी गरेपछि जम्वो टोली भ्रमणमा गएका हुन् । भ्रमणमा जाने रकमले समन्वयमा अन्य काम गर्न सकिन्थ्यो । कार्यालयमा गर्नुपर्ने काम धेरै छन् । कार्यालयको काम भन्दा पनि भ्रमणमा पदाधिकारीहरुको मोह रहेको पनि ती कर्मचारीले बताए ।


सरकारले सबै सरकारी कार्यालयहरुलाई फजुल खर्च नगर्न र देश तथा विदेश भ्रमण लगाएतका कार्यहरु नगर्न निर्देशन दिदा दिदै जिल्ला समन्वय समितिका पदाधिकारी बाह्रय जिल्ला भ्रमणमा निस्कनु गलत भएको नागरिक समाजका अगुवा हिमाल ढुंगेलले जानकारी दिए । उनले भने– सरकारी बजेट सक्न मठमन्दिर भ्रमण गर्नु र निजी कामको लागि सरकारी पैसा सक्नु भनेको सरकारको खिल्ली उडाउनु मात्रै हैन । यो भ्रमणले सरकारी कोषको समेत चरम दुरुपयोग भएको बताए ।

जिल्ला समन्वय समितिमा रहेका एक÷दुई कर्मचारी वाहेक सबै कर्मचारी पनि भ्रमणमा गएका छन् । कार्यालयमा ५ लाख वजेट थियो । त्यो वजेट सक्ने गरि समन्वय समितिका पदाधिकारी र कर्मचारीहरु भ्रमणमा निस्किएको जिल्ला समन्वय समितिका सूचना अधिकारी रीता रेग्मी (तिवारी)ले जानकारी दिइन ।

उनले भनिन्– भ्रमणमा गएको टोलीले प्युठान र अर्घाखाची घुम्ने कुरा छ । बजेट बाँकी रहेको खण्डमा अन्य आसपासका जिल्लाहरु समेत घुमेर आउने कार्यक्रम रहेको बताइन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...