खानेपानी प्रमुख नहुँदा योजनाका काम प्रभावित

Written by meropradesh creator

६ पुष २०७८, मंगलवार

रामेछाप । बिगत दुई महिनादेखी संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय रामेछापका प्रमुख नहुँदा उक्त कार्यालयको काम प्रभावित बन्दै आएको छ ।
दुई महिना अघि संघिय खानेपानीका आयोजना प्रमुख राजेन्द्र सापकोटाको सरुवा भएर उनले जिल्ला छाडेको दुई महिना वितिसक्दा पनि संघिय खानेपानी मन्त्रालयले उनको ठाउँमा नयाँ आयोजना प्रमुख पठाउन नसक्दा जिल्लामा हुने सवै खानेपानी आयोजनाका कामहरु प्रभावित बन्दै आएका छन् । कार्यालयमा प्रमुख नहुँदा जिल्लामा संचालित दुई दर्जन भन्दा बढी खानेपानी आयोजनाका कामहरुको भुक्तानी र नयाँ कामको सम्झौता लगाएतका सबै प्रकारका कामहरु ठप्प रहेका छन् ।
कार्यालयमा लामो समयदेखी प्रमुख नहुँदा कर्मचारीहरुले दुई महिनादेखी तलव भत्ता समेत पाउन सकेका छैनन् । संघीय खानेपानी मन्त्रालयले आर्थिक कारोवार गर्ने गरी निमित्तको जिम्मेवारी समेत नदिदा कार्यालयको लेखाका सबै कामहरु ठप्प भएको संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय रामेछापका लेखापाल नवीन केसीले जानकारी दिए ।
उनले भने– कार्यालय प्रमुख नहुँदा जिल्लामा संचालित आयोजनाको काम ठप्प भएको बिषयमा पटक–पटक सम्वन्धीत मन्त्रालयमा जानकारी गराउँदा समेत अहिलेसम्म कुनै पनि प्रमुख पठाएको छैन् । प्रमुख नहुँदा आयोजनाको दिन बाँकी रहेको भुक्तानी रकम, योजना संचालनको लागि दिनुपर्ने पेश्की रकम, नयाँ योजना सम्झौता, मर्मत संभारका योजना, कार्यालयमा कार्यरत कर्मचारीको तलव भक्ता लगाएतका कार्यहरु रोकिएको लेखापाल केसीले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...