रामेछाप । कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको मोडर्ना नामक खोप १२ बर्ष देखी १७ बर्ष भित्रको बालबालीकालाई पौष ७ गते देखी १० गते सम्म लगाउने स्वास्थ्य कार्यलय रामेछापले तयारी गरेको छ । स्वास्थ्य कार्यलय रामेछापले सम्बन्धीत स्थानिय तह संग सहकार्य गरेर पौष ७ गते देखी १० गते सम्म १२ बर्ष देखी १७ बर्ष उमेर समुह सम्मको वालवालीकालाई कोभिड १९ बिरुद्धको खोप अभियानको रुपमा लगाउन लागेको हो । १२ बर्ष देखी १७ बर्ष उमेर समुहका बालबालीका बिद्यालयमा रहने हुदा बिद्यालय केन्द्रित गरेर खोप अभियान चलाउन लागेको स्वास्थ्य कार्यलय रामेछापका प्रमुख शान्तीराम खतिवडाले जानकारी दिए । जिल्लामा खोप आइपुगी सकेकोले ७ गते बाट खोप अभियान चलाउने तयारी भएको उनले बताए । १० गते सम्म खोप लगाउन छुटेका बालबालीकालाई भने १३ गते सम्म सम्बन्धी स्वास्थ्य कार्यलयमा लगाउने ब्यवस्था गरिएको समेत खतीवडाले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









