फोनिज रामेछापको अध्यक्षमा श्रेष्ठ

Written by meropradesh creator

२३ मंसिर २०७८, बिहीबार

रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रामेछापको चौंथो अधिबेसनबाट अध्यक्षमा कुमार श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् । बिहिबार मन्थलीमा सम्पन्न अधिबेशनले श्रेष्ठको अध्यक्षतामा ९ कार्यसमिती चयन गरेको होे ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा निरोज श्रेष्ठ, सचिवमा शान्ता श्रेष्ठ, सह–सचिवमा दिपक लामा र कोषाध्यक्षमा सम्बर बहादुर हायु ‘प्रशान्त’ चयन भएका छन् । सदस्यहरुमा क्रमस रमेश तामाङ, रीता मगर, स्वतन्त्र मोक्तान र कर्मरिन्जी शेर्पा निर्वाचित भएको फोनिज रामेछापका अध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यसै गरी अधिवेशनले केन्द्रीय पार्षदमा सुमित श्रेष्ठ, युनिक विफा घिसिङ, नवराज श्रेष्ठ, अनिता थापामगर र केन्द्रिय परिवेक्षकमा भने ज्ञानु श्रेष्ठलाइ चयन गरेको छ । प्रदेश पार्षदमा युवराज श्रेष्ठ, नवराज श्रेष्ठ र निशा मोक्तानलाई चयन गरेको छ ।


जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यता तथा फोनिज रामेछापका अध्यक्ष नबराज श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत, प्रदेश प्रतिनिधी एवं जनजाती पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष युबराज श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, दिपक कुमार पहाडी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे, नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्य समितीका अध्यक्ष श्रीबहादुर माझी, समाजवादी पत्रकार माहासंघका केन्द्रिय सदस्य कैलाश खत्री,नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी,प्रेस चौतारी रामेछापका अध्यक्ष युनिक बिफा घिसिङ्गले शुभकामना मन्तब्य राखेका थिए भने फोनिज रामेछापको कार्यपत्र फोनिजका पुर्व अध्यक्ष सुमित श्रेष्ठले प्रस्तुत गरेका थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...