लिखु– ४ काे ५२ मेगावाट विद्युत केन्द्रीय प्रसारणमा जाेडीयाे

Written by meropradesh creator

१३ मंसिर २०७८, सोमबार

रामेछाप र ओखलढुंगा जिल्लाको सीमामा रहेको लिखु नदीमा निर्माण भएको लिखु ४ विद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरि ५२ दशमलव ४ मेगावाट विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ ।
आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत केन्द्रीय केन्द्रिय प्रशारण लाइनमा जोडेको हो । ग्रिनभेन्चर लिमिटेडले २०१८ अक्टोबरबाट निर्माण शुरु गरी ३ वर्षमा आयोजना सम्पन्न गरेर नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्न थालेको हो । रामेछापको उमाकुण्ड गाउँपालिका ७ भुजी र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई बिमिरेमा बाँध बनाई ४ दशमलव २४ किलोमिटर लामो भूमिगत सुरुङ मार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको छ ।

उत्पादन गृहमा २ वटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ । उत्पादित विद्युतलाई २ सय २० केभी प्रशारण लाइन मार्फत रामेछाप जिल्लाको मन्थली नगरपालिका १३ मा निर्माण भएको न्यू खिम्ती सब स्टेशनमा जोडिएको हो । ग्रिनभेन्चर लिमिटेडका अध्यक्ष सुभाष संघाईले निर्माणको क्रममा रामेछाप र ओखलढुंगाका राजनीतिक दल र आम नागरिकले आयोजना निर्माणमा पु¥याएको सहयोगको प्रशंसा गर्दै तत्कालै सर्वसाधारणको लागि पनि शेयर निष्काशन गर्ने बताएको छ ।
त्यस्तै रामेछाप जिल्ला रओखलढुंगा जिल्लाको अधिकांश भूभाग प्रभावित क्षेत्रमा पर्ने भन्दै केही वडालाई मात्र समेट्न नहुने भन्दै प्रभािित क्षेत्र छुट्याउँदा जिल्लाका राजनीतिक दलहरु सँग बसेर सल्लाह गर्न प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठले आयोजनालाई आग्रह गरे । साथै श्रेष्ठले रामेछाप जिल्लामा लगानीको वातावरण बन्दै गएकाले लगानी गर्ने निजी क्षेत्रलाई आग्रह समेत गरेका छन् । सुरुमा १ सय २० मेगावाट क्षमतामा उत्पादन गर्ने गरी डिजाइन गरिएको लिखु– ४ जलविद्युत आयोजनामा भारतीय कम्पनी भिलवारासँगको साझेदारी टुटेपछि ग्रिनभेन्चर लिमिटेडले आयोजनाको क्षमता घटाएर काम थालेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...