समाजसेवि नेता गौतम केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिदै

Written by meropradesh creator

९ मंसिर २०७८, बिहीबार

रामेछाप । नेकपा एमाले रामेछापका समाजसेबी एवं दानवीर नेता रत्नप्रसाद गौतमले पार्टीको १० औं राष्ट्रिय महाधिबेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यही मंसिर १० देखी १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा समाजसेबी नेता गौतमले बागमती प्रदेशको भूूगोलतर्फबाट खुल्ला केन्द्रिय सदस्यमा आफुले उम्मेदवारी दिने र यो अभियानमा साथ र सहयोग गरिदिन आम मतदाताहरुलाई उनले आग्रह समेत गरेका छन् ।

नेकपा एमाले रामेछापको जिल्ला समिति सदस्य तथा नेकपा एमाले रामेछापको १० नं इलाका इन्चार्ज समेत रहेर काम गरिसकेका नेता गौतम रामेछाप जिल्लाभित्र नेकपा एमालेको प्रभावशाली नेताको रुपमा चिनिन्छन् । नेता गौतम पार्टीमा मात्रै नभएर जिल्लामा हुने हरेक सामाजिक कार्यमा समेत उत्तिकै सहयोगी, मनकारीकारी र दानवीरको रुपमा चिरपरिचित व्यक्ति हुन् ।

नेता गौतमले जिल्लाका हरेक गाउँवस्तीमा पुगेर पार्टीको संगठनलाई उत्तिकै चलाएमान बनाउँदै आएका छन् । संगठन नै पार्टीको मुख्य कडी हो भन्ने हेतुले उनले गाउँमा हुने हरेक कार्यक्रममा पुग्ने संगठन विस्तारमा जोड दिने व्यक्तिको रुपमा नेकपा एमाले भित्र नेता गौतम चिनिन्छन् । त्यसैगरी पार्टीको संगठनको लागि हरेक वर्ष आर्थिक सहयोग प्रदान गर्दै आएका नेता गौतम यसपटक भने पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा जुटेका हुन् ।

पार्टी र संगठनको लागि जति नेता गौतम लाग्दछन् त्यो भन्दा बढी उनी समाजसेवामा पनि उत्तिकै लाग्ने गरेका छन् । जिल्लाको दुरदराजमा हुने विभिन्न घटनामा गम्भिर प्रकृतीका विरामीहरु र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई उनले निःशुल्क रुपमा हेलिकोप्टर मार्फत उद्धार गरि राजधानीका अस्पतालसम्म पुरयाईदिने र उपचारमा सहयोग समेत गर्दै आएका छन् । त्यस्तै जिल्लामा हुने हरेक सामाजिक कार्यमा उत्तिकै सहयोग गरेर नेता गौतमले आम रामेछापेली नागरिकहरुको मन जित्न सफल भएका छन् ।

जिल्लामा हुने ठूलाठूला विपदको समयमा नेता गौतमले हरेक वस्तीवस्तीमा पुगेर पिडीत नागरिकहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् । २०७२ सालमा गएको विनासकारी भुकम्प होस्, वर्षादका कारण घरवार बिहिन भएका नागरिकहरुलाई होस्, विश्वभर फैलिएको कोरोना महामारीको समयमा होस् वा अन्य घटनामा नेता गौतमले सहयोग गर्दै आएका छन् । यता जिल्लामा अस्पताल निमार्ण, मठमन्दिर, गुम्वा, चौतारो, पानी पधेँरा लगाएतमा पनि गौतम नेताले व्यक्तिगत रुपमा नागरिकहरुलाई सहयोग प्रदान गर्दै आएका छन् ।

समग्र जिल्लाको विकास निमार्ण र समृद्धिको लागि पार्टी भित्र आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको नेता गौतमले जानकारी दिए । रामेछापमा नेता गौतम जस्तो नेता पार्टी भित्र कमै भएकाले जसरी भएपनि गौतमलाई केन्द्रीय सदस्य पदमा निर्वाचित गराउन आम मतदाताहरुलाई आग्रह गरिएको नेकपा एमाले रामेछापका नेता रामबाबु घिमिरेले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...