अभियान चलाउदै रेडक्रस रामेछाप

Written by meropradesh creator

४ मंसिर २०७८, शनिबार

रामेछाप । रेडक्रस सोसाईटि रामेछाप शाखाले सबै पालिकामा विपद्मा परेकाहरुलाई मानविय सहयोग गर्ने मुख्य उद्देश्यका साथ अभियान चलाउने भएको छ । रेडक्रसले आज सदरमुकाम मन्थलीमा सरोकारवालाहरु संगको समन्वय बैठक गरि अभियानको बारेमा जानकारी गराएको हो ।
भुकम्प र कोभिडको समयमा पनि विभिन्न पालीका विद्यालय,पुलिस, प्रसासन र संचारकर्मिहरुलाई जन चेतना सहितको माक्स सेनिटाईजर विभिन्न स्वास्थ सामाग्रि समेत उपलब्ध गराएको थियो । हाल उसले स्थानिय सरकार संगको समन्वयमा मन्थल‘ी – १, रामेछाप– ८, खाँडादेवि –१, सुनापतिको गुन्सी,दोरम्बाको टोकरपुर,गोकुलगंगाको फर्पु,उमाकुण्डको प्रितिमा विपद पुर्व तयारीका काम गरीरहेको छ ।
विपद्मा परेकाहरुलाई मानविय सहयोग गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको रेडक्रसले लामो समयदेखि प्रकोपमा परेकाहरुलाई भाँडा वर्तन ,त्रीपाल,लता कपडा लगायतका सामाग्रि सहयोग गर्दे आएको छ । त्यस बाहेक उसले जिल्लाका सरोकारवाला निकायहरु संगको समन्वयमा दर्जनौ विपद् प्रति कार्ययोजनाका काम पनि गरि सकेको जानकारी जिल्ला संयोजक जय प्रकाश श्रेष्ठले जानकारी दिनु भयो ।
त्यस वाहेक उसले २०७२ सालमा गएको विनासकारी भुकम्पपछि उद्धार र राहतको काम संगै खानेपानीको समस्या भएका रामेछाप नगरपालीका ५ को रामपुर र मन्थली नगरपालीकाको वडा नं १ मा परियोजना मार्फत करिब आधा दर्जन खानेपानीको काम गरेको थियो । समन्वय बैठकमा तीन बर्ष पहिले रेडक्रसले आफुले निर्माण गरेको खानेपानीका योजनाको मर्मत र तिनका उपभोक्ताहरुका लागि एक घर एक धाराको कामलाई अगाडि बढाउने पनि समन्वय बैठकमा रेडक्रसले जानकारी गराएको छ ।
त्यसैगरि आगामि दिनमा जिल्लाको सबै पालीकामा पुगेर वास परियोजना अन्र्तगत आफना उपशाखा मार्फत विपद् पुर्व तयारीका काम,कोभिड पुर्व तयारी अन्र्तगतका चेतना अभिबुद्धि माक्स वितरण र त्यसको उचित प्रयोग गर्र्ने तरिका आयुसुलेसनकक्षको लागि थप सहयोग तथा खोप लगायतको सामाग्रि ढुवानी गर्ने लगायतका काम गर्ने जानकारी पनि सो अबासरमा गराईएको थियो ।
जिल्ला संयोजक जय प्रकाश श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख प्रेम खड्काको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रजिअ दीपक पहाडी नेपाल पत्रकार महाँसंघका अध्यक्ष बद्री नयाँघरे रेडक्रसका कोषाध्ययक्ष दुर्गा बहादुर श्रेष्ठले रेडक्रसले अहिले सम्म जिल्लामा गरेको कामको सह्रना गर्दे गर्न लागेको नयाँ कामप्रति धन्यवाद दिएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...