फोहोर कागजबाट मोहोर कमाउन थालेपछि दङ्ग परे युवा

Written by meropradesh creator

४ मंसिर २०७८, शनिबार

रामेछाप । सदरमुकाम मन्थली बजारबाट दैनिक रुपमा निस्कने फोहोरले बजार नै प्रदुषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले सातजना युवाहरु मिलेर फोहोर कागज संकलन गरि प्रशोधित गरेर मोहोर कमाउन थालेपछि युवाहरु दङ्ग परेका छन् ।

सातजना युवाहरुले जनही १० लाखको दरले रकम संकलन गरेर ग्रिन हाइलाइट नेपाल प्राइभेट लिमिटेड नामको उद्योग दर्ता गरि उक्त उद्योगमा दर्जनौ युवाहरुलाई रोजगारी समेत प्रदान गरेका छन् । बजारबाट निस्कने फोहोरले बजार दैनिक रुपमा कुरुप बन्दै गएपछि उक्त फोहोर जन्य कागज, कार्टुन, किताव, कापी र पत्रिका लगाएतका कागजन्य फोहोर संकलन गरि प्रशोधन गरेर अन्डा राख्ने क्रेट निमार्ण गरि बिक्रीवाट युवाहरु मनग्गे आम्दानी गर्न सफल भएका हुन् ।

दैनिक निस्कने फोहोरलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा स्थानिय सरकारले कुनै पहल नगर्दा समस्या झेल्दै आएका मन्थलीका व्यवसायीहरुले त्यतीकै फाल्ने फोहोर संकलन गरेर पैसा कमाउन थालेको ग्रिन हाइलाइट नेपाल प्राइभेट लिमिटेडका संचालक जयराम मानन्धरले जानकारी दिए ।


फोहोरको उचित व्यवस्थापन अभावमा वातावरण प्रदुषण भइरहेको भन्दै युवाहरुले फोहोरका रुपमा फालिएका फोहोरका रुपमा फालिएका कागज, किताब, कापी, पत्रिका, कार्टुन लगायतलाई प्रशोधन गरी क्रेट बनाउने गरेका छन् । कम्पनीले कागजको गुणस्तर हेरी बजार क्षेत्रका व्यवसायी, कवाडी सामाग्री संकलकहरु र फोहोर उठाउने ठेकेदारसँग प्रति किलो ८ रुपैयाँसम्ममा खरिद गर्ने गरिएको उद्योग संचालक विश्वास श्रेष्ठले बताए ।

उनले भने– बजारमा दैनिक रुपमा निस्कनले फोहोरले बजार दुर्गन्धीत हुनथालेपछि हामी केही युवाहरु मिलेर यसलाई परिमार्जन गरि केके बस्तु निमार्ण गर्न सकिन्छ भनेर सल्लाह गर्यौं । अन्य जिल्लामा फोहोरवाट के कस्ता सामाग्रीहरु उत्पादन हुँदो रहेछ भन्दै चितवन पुगेका युवाहरुले वजारमा फालिएको फोहोर कागज संकलनवाट प्रशोधित गरि कार्टुन र अन्डा राख्ने क्रेट उत्पादन गरेको देखेपछि आफुहरुले पनि यो व्यवसाय आफ्नै जिल्लामा संचालन गरेको बताए ।


उद्योग संचालन भएपछि रामेछापवाट निस्कने कागजजन्य फोहोरले १० प्रतिशत मात्रै धान्ने भएकाले उद्योग संचालकहरुले छिमेकी जिल्ला दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक लगाएतका जिल्लाहरुवाट कागजजन्य फोहोर खरिद गरेर ल्याउने तयारीमा लागेका छन् । त्यस्तै उद्योगवाट अहिले दैनिक ३ हजार थान क्रेट उत्पादन हुने गरेको छ । उत्पादित क्रेट जिल्लामा खोलिएका कुखुरा फार्म र छिमेकी जिल्लाहरु र बढी कुखुरा पालिने जिल्लाहरु चितवन, काठमाण्डौं र तराइका विभिन्न जिल्लाहरुमा विक्री वितरण गर्ने तयारी संचालकहरुले गरेका छन् । अहिले उत्पादन गरेको क्रेट प्रति गोटा ५ देखी ७ रुपैयाँ रकम सम्ममा बिक्रीबितरण हुँदै आएको छ ।


गाउँमै उद्योग संचालन भएपछि सदरमुकाम आसपासका युवाहरुले रोजगारी समेत पाएका छन् । पहिला गाउँमा रोजगारी पाउन नसक्दा वैदेशिक रोजगारीको लागि जानु पर्ने वाध्यता थियो । अहिले गाउँमै खोलिएको उद्योगमा रोजगारी पाउँदा आफुलाई पैसा कमाउन बाहिर जानुपर्ने वाध्यता हटेको मन्थली नगरपालिका वडा नं ४ सालुका हेमराज काफ्लेले जानकारी दिए ।

उनले भने– पहिला गाउँमा रोजगारी पाउन गाह्रो थियो । रोजगारीकै लागि केही वर्ष मलेसिया बसेर बिदामा घर फर्किए । तर अहिले गाउँमै उद्योग संचालन भएपछि विदेशमा कमाउने पैसा गाउँमै कमाउन थालेपछि यहीँ बसे । दैनिक बिहान वेलुका घरको रेखदेख गर्न पाएको छु भने परिवारसँगै बस्न पाउँदा ज्यादै रमाइलो भएको काफ्लेले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...