कांग्रेसको जिल्ला समितिमा ७ जना मनोनित

Written by meropradesh creator

४ मंसिर २०७८, शनिबार

रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम) ले ६ जनालाई जिल्ला कार्यसमिती सदस्यमा मनोनीत गरेको छ भने एक जनालाई आमन्त्रित सदस्यको रुपमा मनोनित गरेको छ । नेपाली कांग्रेसको विधानको परिच्छेद ३, धारा १२ को उपधारा ५(ख) २ बमोजिम तामाङले क्षेत्रीय प्रतिनिधिहरु ध्रुव लामा, सुरेश सुवेदी, जितवहादुर कटुवाल, दिपेन्द्र खड्का, नारायण बहादुर बोगटी र चिना खड्का कार्की लाई मनोनयन गरेको छ । त्यसैगरी आमन्त्रीत सदस्यमा भने रामचन्द्र बिकलाई मनोनीत गरेको छ । अन्य केहि क्षेत्रीय प्रतिनिधिहरुलाई समेत सभापति तामाङले मनोनित गर्ने चर्चा काँग्रेस वृतमा चलेको भएपनि शुक्रबारको बैठकमा ६ जनालाई मात्र मनोनितको पत्र दिइएको हो । जिल्ला अधिवेशनमा निर्बाचित भएपछिको तामाङको अध्यक्षतामा भएको पहिलो जिल्ला कार्य समितिको बैठकमा पार्टीका पदाधिकारी तथा सदस्यका अतिरीक्त पूर्व जिल्ला सभापतिहरु रामचन्द्र खड्का र लबश्री न्यौपाने लगाएत महाधिवेशन प्रतिनिधिहरु, विभिन्न तहमा निर्वाचित र पार्टीमा क्रियाशिल नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो । बैठकमा विभिन्न नेताहरुले आ आफ्ना धारणा राखेका थिए । पार्टीलाई कुनै गुट र उपगुटमा नभै एक ढिक्का भएर आसन्न निर्वाचनमा क्रियासिल वनाएर लैजानका लागि सवै नेताहरुले एकै स्वरमा जोड दिएका थिए । साथै प्रत्यक महिनाको तिन गते जिल्ला कार्यसमीतीको नियमीत बैठक बस्ने निर्णय समेत गरेको छ । पौष ३ गते भने पार्टीको दोस्रो बैठक उमाकुण्डमा बस्ने निर्णय गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...