नक्कली नोट बनाउने रामेछापका मगर सहित ५ जना पक्राउ

Written by meropradesh creator

३ मंसिर २०७८, शुक्रबार

रामेछाप । रामेछापको सिरुवाबारीका २६ वर्षिय सरोज थापामगर सहित ५ जनालाई नक्कली नोटसहित प्रकाउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनको सरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा रामेछाप सिरुवारीका २६ वर्षीय सरोज थापामगर,सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् । प्रहरीले उनीहरुको साथ बाटे ६५ हजार ३ सय ३५ नक्कली नोट बरामत गरेको छ । गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले पक्राउ परेकासँग सक्कलीजस्तो देखिने नक्कली नोट ६५ हजार ३ सय ३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...