निर्वाचनमा गरेको बाचा ९० प्रतिशत सम्पन्न गरेको गाउँपालिका प्रमुख सुनुवारको दावी

Written by meropradesh creator

२४ कार्तिक २०७८, बुधबार

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका प्रमुख खड्गबहादुर सुनुवारले निर्वाचनको समयमा आपूmले नागरिक सामु गरेको बाचा ९० प्रतिशत पूरा गरेको बताएका छन् । पालिका आवाज साप्ताहिकसँग कुरा गर्दै गाउँपालिका प्रमुख सुनुवारले निर्वाचनको समयमा नागरिकसँग गरेको बाचा आपूmले ९० प्रतिसत पूरा गरेको बताएका छन् ।
गाउँपालिका प्रमुख सुनुवारले अन्य स्थानीय तहमा वडा कार्यालय नहँुदा भाडामा बसेर काम गर्नका साथै गाउँपालिका केन्द्रमा कर्मचारी बसेर काम गरेको बताए । सुनुवारले भने गोकुलगंगा गाउँपालिकाको सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र सबै वडाको काम वडा कार्यालयबाट सञ्चालन भएको बताए । साथै सुनुवारले गाउँपालिकामा अस्पताल नहुँदा नागरिक धेरै समस्यामा रहेको आपूmले देखेको र आपूm अध्यक्ष भएसँगै अस्पताल स्थापना गर्न पर्छ भनेर लागेको र अस्पताल स्थापना भएर उपचार पनि सुरु भइसकेको बताए । गाउँमा अस्पताल नहुँदा नागरिकहरु कि त जिल्ला सदरमुकाम मन्थली कि त काठमाडौं उपचारको लागि जानु पर्ने अवस्था थियो । नागरिकलाई ठूलो आर्थीक भार त थियो नै गम्भीर खालका बिरामीलाई समयमा अस्पताल पु¥याउन नसक्दा कतिले अकालमा ज्यान गुमाउनु परेको अवस्था थियो । अहिले अस्पताल सञ्चालनमा ल्याएका छौ । ती सबै समस्या हटेर गएको छ गाउपालिका प्रमुख सुनुवारले भने ।
त्यस्तै उनले कुरा गर्दै गाउँपालिकामा सडक भएपनि सडकको अवस्था राम्रा नभएको अवस्था थियो । अहिले कालोपत्रेको काम भइसकेको भन्दै सदरमुकाम जान र उत्पादित बस्तु निकासा गर्न कुनै समस्या नभएको बताए । युवाहरुलाई स्वरोजगार वनाउने उद्देश्यले कृषि पेशामा आकर्षण गराउनको साथै अन्य ब्यवसाय गर्ने युवाहरुलाई अनुदान दिएर युबाहरु लाई बिदेश जान रोक्ने प्रयास गरेको बताएका छन् । खानेपानीको अभाब भएको स्थानमा आपूm गाउँपालिका प्रमुख भएसँगै एक घर एक धारा कार्यक्रम सञ्चालन गरीरहेको भन्दै गाउँपालिकामा बिकासले गति लिएको बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...