रामेछाप रेडक्रस तदर्थ समितिको संयोजकमा–श्रेष्ठ

Written by meropradesh creator

१३ कार्तिक २०७८, शनिबार

रामेछाप । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका पदाधिकारीहरुको पदअवधि सकिएको लामो समयपछि नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयले रामेछाप शाखामा तर्दथ समिति गठन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रयि कार्यसमितिको बैठकको निर्णयअनुसार नेपाल रेडक्रसको प्रचलित निधानको दफा ३५(१) वमोजीम रेडक्रस सोसाइटी रामेछाप शाखाको संयोजकमा जयप्रकाश श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय जिल्ला तर्दथ समिति गठन गरेको हो । संयोजक श्रेष्ठ यसअघि सोही शाखाको मन्त्री पदमा कार्यरत रहेका थिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका पदाधिकारीहरुको २०७६ साल माघ महिनामा पदअवधि समाप्त भएको थियो । पदाधाकारीहरुको म्याद सकिएपछि तत्काल निर्वाचन गरेर पदपूर्ति गर्नुपर्नेमा रेडक्रस केन्द्रीय कार्यालयलले विभिन्न बहानाबाजी गर्दै १ वर्ष म्याद थप गरेको थियो ।


रेडक्रस केन्द्रिय कार्यालयले पदाधिकारीहरुको पथ गरिएको म्याद पुनः समाप्त भएपछि विश्वभर फैलिएको कोरोना महामारी देखाउँदै निर्वाचन गराउन सकेको थिएन । हाल गठन गरेको जिल्ला तर्दथ समितिले आगामी तीन महिनाभित्र निर्वाचन सम्पन्न गराएर कार्यसमितिमा पूर्णता दिनुपर्ने गरि आफुलाई जिम्मेवारी दिएर पठाएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तर्दथ समितिका संयोजक जयप्रकाश श्रेष्ठले जानकारी दिए ।

समयअवधी सकिएका नेपाल रेडक्रस सोसाइटी रामेछाप, सिन्धुपाल्चोक, स्याङजा, भक्तपुर, म्याग्दी र कालिकोट शाखाले पनि एकैपटक निर्वाचन गर्ने गरि नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयले जिल्ला तर्दथ समिति गठन गरेर सबै जिल्लामा पठाइएको सो संस्थाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...