रामेछापबाट संविधान दिवसको अवसरमा १३ जना कैदी छुटे

Written by meropradesh creator

३ आश्विन २०७८, आईतवार

रामेछाप । जिल्ला कारागार रामेछापबाट सातौँ संविधान दिवसको अवसरमा १३ जना कैदीबन्दी छुटेको छ । जिल्ला कारागार रामेछापमा बिभिन्न कसुरको मुद्दामा दोषि ठहर भई ५० प्रतिशत कैद भुक्तान गरिसकेका ११ जना पुरुष र २ जना महिला गरी १३ जना कैदीबन्दी छुटेका हुन् ।
कारागार ऐन, २०१९ र कारागार नियमावली २०२० अनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका १६ जनाको बाँकी कैद कट्टाका लागि जिल्ला कारागार रामेछापले कारगार व्यवस्थापन विभागमा सिफारिस गरेको थियो । विभागमार्फत गृह हुँदै मन्त्रीपरिषदको रिफारिसका आधारमा राष्ट्रपति कार्यालयले जिल्ला कारागार रामेछापमा रहेका १३ जना कैदीबन्दीको कैद कट्टा गरिदिएको जिल्ला कारागार रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए ।
कैद कट्टा भई छुट्नेमा कर्तव्य ज्यान मुद्दाका आठ जना, ज्यान मार्ने उद्योग कसुर मुद्दाका एक जना, ज्यान सम्बन्धी कसूर मुद्दाका एक जना, सवारी ज्यान सम्बन्धी कसूर मुद्दाका एक जना, बहुविवाह सम्बन्धी कसूर मुद्दाका २ जना रहेको जेलर घिमिरेले बताए । सातौँ संविधान दिवसको अवसरमा सुनापती गाउँपालिकाका सत्यराम तामाङ, रामेछाप नगरपालिकाका हिरालाल कामी र मिना दमाई रहेका छन् । त्यसैगरी सर्लाही जिल्लाका मुकेश पण्डित र सविन महतो, रुपन्देही जिल्लाका अर्जुन सिंह र सन्तराम गुप्ता, धनुषा जिल्लाका उमेश मुखिया, उदयपुर जिल्लाका अमृत बहादुर कार्की, मनोज परियार र जनकुमारी राई, कालिकोटका सरोज कार्की र नुवाकोटका रामकुमार प्याकुरेलको बाँकी कैद सजाय कट्टा गरिएको जिल्ला कारागार रामेछापका जेलर घिमिरेले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...