रामेछाप । सशस्त्र पहरी बल नेपाल आश्रित गुल्म रामेछापको परिसरमा एक कार्यक्रम बिच वृक्षरोपन सम्पन्न भएको छ । सशस्त्र पहरी बल नेपाल आश्रित गुल्म, डिभिजन बन कार्यालय र वातावरण संरक्षण परियोजनाको सयुक्त आयोजनामा वृक्षारोपन कार्यक्रम सम्पन्न गरेको हो ।
वक्षृरोपन कार्यक्रममा बोल्दै पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले वातावरण संरक्षण परियोजनाले करडौंको आयोजना सञ्चालन गरीरहदा परियोजनाले बजेट भने सार्वजनीक नगरेको बताए । अध्यक्ष नयाँघरेले भने १० करोड भन्दा माथीको कार्यक्रम जिल्लामा सञ्चालन भएको सुनिएको छ तर के हो यर्थात सार्वजनीक भएको छैन ।
परियोजनाले कहाँ के गरेको छ त्यो सार्वजनीक गरीएको छैन छिटै सार्वजनीक गर्न अध्यक्ष नयाँघरेले आग्रह समेत गरे । त्यस्तै मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले मन्थली नगरपालिका हरीयाली बनाउन यो वृक्षरोपन कार्यक्रमले ठुलो साथ दिने बताए । सुख्खा तथा रातो पाखोमा बिरुवा हुर्काउन चुनौती भएको भन्दै तत्काल पानीको ब्यवस्थापन गर्न सहयोग गर्ने पनी बताए । सशस्त्र पहरी बल नेपाल आश्रित गुल्म रामेछापका प्रमुख केशब राज प्याकुरेलले सबै बिरुवाको संरक्षणमा लागी पर्ने बताए । उनले भने तत्कालको लागी पानीको समस्या रहेको भएपनी बिरुवा संरक्षणमा आफु र गुल्म लागी पर्ने बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...