आकस्मिक प्रशुति शल्यक्रिया संञ्चालन गर्न नसक्दा बर्षेनी लाखौ रकम फ्रिज

Written by meropradesh creator

१३ असार २०७८, आईतवार

रामेछाप । मन्थली नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा भएको आकस्मिक प्रशुति शल्यक्रिया संञ्चालन गर्न नसक्दा वर्षेनी सो केन्द्र संञ्चालनका लागि आउने वजेट समेत राज्यकोषमा फिर्ता हुँदै आएको छ ।

जिल्लामा गर्भवती महिलाहरुको आकस्मिक प्रशुति शल्यक्रिया संञ्चालन हुन नसक्दा हजारौं रुपैयाँ तिरेर गर्भवती महिलाहरु उपचारको लागि छिमेकी जिल्लाका अस्पताल र राजधानीसम्म धाउन वाध्य छन् । मन्थली नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति भर्ना गर्न नसक्दा उक्त केन्द्र लामोसमय वितिसक्दा पनि संञ्चालनमा आउन सकेको छैन् ।

आकस्मिक प्रशुति शल्यक्रिया बन्द हुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार लिन आएका गर्भवती महिलाहरुलाई स्वास्थ्यकर्मीहरुले राजधानी काठमाण्डौंमा रिफर गर्दै आएका छन् । स्वास्थ्यकर्मीहरुले रिफर गरेका कतिपय गम्भिर प्रकृतीका गर्भवती महिलाहरुले एम्वुलेन्समा जाँदै गर्दा विच वाटोमानै अकालमा ज्यान गुमाउन पर्ने वाध्यता रहेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका उपाध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले भने– प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रशुति शल्यक्रियाको लागि आवश्यक पर्ने सबै इक्यिुमेन्टहरु छन् । त्यस्तै शल्यक्रियाको लागि छुट्टै भवनको समेत व्यवस्थापन गरेका छौं । उक्त केन्द्र संञ्चालनमा ल्याउन आवश्यक जनशक्ति नहुँदा आकस्मिक प्रशुति शल्यक्रिया संञ्चालनमा ल्याउन सकेका छैनौ । यसबिषयमा पटक–पटक मन्थली नगरपालिकामा स्वास्थ्यकर्मीको व्यवस्थापनको लागि अनुरोध गर्दा समेत नगरपालिकाले वेवास्ता गरेको कारण धेरै गर्भवती महिलाहरुले सास्ती खेप्न वाध्य भएको उपाध्यक्ष श्रेष्ठले बताए ।


मन्थली नगरपालिकाले गर्भवती महिलाहरुको लागि संञ्चालनमा ल्याएको आकस्मिक प्रशुति शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र २०७२ सालदेखी संञ्चालनमा ल्याएको थियो । आकस्मिक प्रशुति शल्यक्रिया सञ्चालन भएदेखी नै नगरपालिकाले पूर्णरुपमा उक्त केन्द्र सञ्चालनमा ल्याउन सकेको छैन् । पालिकाले आवश्यक वजेट व्यवस्थापन गरेर संञ्चालन गर्नुको साटो संघीय सरकारवाट आएको वजेट समेत राज्यकोषमा नै फिर्ता गराउँदै आएको छ ।

पालिकाले गएको आर्थिक वर्ष २०७५÷०७६ मा १० लाख ६७ हजार ७ सय ५० रुपैयाँ र गत आर्थिक वर्ष २०७६÷०७७ मा गरि दुई आर्थिक वर्षमा २१ लाख २० हजार ७ सय ५० रुपैयाँ रकम खर्च गर्न नसकेर राज्यकोषमा फिर्ता गरेको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्तकुमार बुढाथोकीले जानकारी दिए ।

उनले भने– स्थानिय स्तरवाट संञ्चालन गर्न आवश्यक जनशक्तिको लागि पटक–पटक विज्ञापन गर्दा पनि आवश्यक जनशक्ति नपाउनु र संघिय सरकारले दिदै आएको शर्सत वजेट रकम विनियोजन गर्न छाडेकाले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा संञ्चालन हुँदै आएको आकस्मिक प्रशुति शल्यक्रिया बन्द रहेको सूचना अधिकृत बुढाथोकीले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा २०७२ चैत्रवाट सञ्चालनमा आएको आकस्मिक प्रशुति शल्यक्रियावाट जिल्लाभरका २ सय ४ जना महिलाहरुले सेवा पाएका छन् । प्रशुति शल्यक्रिया सेवा बन्द भएपछि चालु आर्थिकवर्ष ०७७÷७८ मा गम्भीर प्रकृतीका ६७ जना गर्भवती महिलाहरुलाई राजधानी काठमाण्डौंका अस्पतालहरुमा रिफर गरिएको मन्थली नगरपालिकाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...