घरेलु तथा साना उद्योग द्वारा बजार अनुगमन ः अधिकांश ब्यवसायिहरु अन्योलमा

Written by meropradesh creator

१२ असार २०७८, शनिबार

रामेछाप । घरेलु तथा साना उद्योग विकास समितिको नेतृत्वमा जिल्लाको ग्रामिन भेगमा सञ्चालित होटल तथा पसलहरुको अनुगमन गरेको छ । शुक्रबार घरेलु तथा साना उद्योग विकास समिति रामेछापको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय रामेछाप, आन्तरिक राजश्व कार्यलय रामेछाप, रामेछाप उद्योग बाण्ज्यि संघ र नेपाल पत्रकार महासंघको टोलीले सयुक्त अनुगमन गरेको हो ।
अनुगमनको क्रममा ग्रामिन भेगमा सञ्चालित अधिकांश ब्यवसायिहरुले बिना दर्ता ब्यवसाय सञ्चालन गरेको भटिएको घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग अधिकृत मेघनाथ गौतमले जानकारी दिए । गौतमले भने कति ब्यवसायिहरुलाई त दर्ता गरेर मात्र ब्यवसायि गनु पर्छ भन्ने सम्मको ज्ञान नभएको पाइएको बताए । अनुगमनको क्रममा ब्यवसाय दर्ता कसरी र कहाँ गर्ने भन्ने सम्मको जानकारी नभएकोले ब्यवसायिहरुलाइ सो कुराको जानकारी समेत गराएको बताए । यस भन्दा पहिले गरिएको अनुगमनको क्रममा ब्यवसाय दर्ता गर्न अर्थात अनुमति बिना मदिरा तथा सुर्तिजन्य पर्दाथ बिक्रि बितरण नगर्न जानकारी गराउदा समेत अटेर गरेर अनुमती बिना हाल सम्म सुर्तिजन्य र मदिरा पर्दाथ बिक्रि बितरण गरिरहेको फेला परेको ब्यपारीहरुको हकमा भने समान जफत गरेको जानकारी दिए । अनुगमनको क्रममा मदिरा र सुर्तिजन्य पर्दाथ साथै बिक्रि बितरणको लागी राखिएको समय नागेको सामान भने जफत गरिएको गौतमले बताए ।

किराना पसलको अनुमतिमात्र लिएर अधिकांश ब्यपारीहरुले मदिरा तथा सुर्तिजन्य पर्दाथ समेत बिक्रि बितरण गरेको पाइएको जानकारी दिए । पहिलो पटक मात्र अनुगमन गरिएको स्थानमा एक साताको लागी समय सिमा दिएर अनुमती लिन आग्रह गरिएको र बारम्बार जानकारी गराउदा समेत अटेर गरिएको स्थानका ब्यपारीहरुबाट भने समान जफत गरीएको जानकारी दिए । शुक्रबार बजार अनुगमन समितिले घरेलु तथा साना उद्योग विकास समितिको नेतृत्वमा खाडाँदेबी गाउँपालिकाको सित्खा, लुभुघाट,सुनापतिकोे डहु , हिलेदेवी र खाडाँदेबी र सुनापतिको सिमानामा रहेको गाल्पा बजारको अनुगमन गरेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...