दोरम्बाको आलुको छुट्टै पहिचान बनाउदै गाउँपालिका

Written by meropradesh creator

१२ असार २०७८, शनिबार

रामेछाप । दोरम्बा गाउँपालिकाले गाउँपालिकामा उत्पादित आलुको छुट्टै पहिचान बनाएर बजारीकरण गर्ने तयारी गरेको छ । अन्यन्त्र उत्पादित आलुलाई दोरम्बाको आलुको पहिचान दिएर बिक्रिबितरण भएको भन्दै गाउँपालिकाले आलुको ब्राण्डिङ गर्न लागेको हो । आलुको पकेट क्षेत्रको रुपमा दोरम्बा शैलुङ्ग गाउँपालिकालाई पहिचान दिलाउन गाउँपालिका लागी परेको गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए ।
धार्मिक एवं ऐतिहासिक क्षेत्र भनेर चिनिने दोरम्बा शैलुङ्ग गाउँपालिका अब आलु जोनको रुपमा पनि चिनिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको शैलुङ्गलाई अब आलु जोनको रुपमा पनी दोरम्बा गाउँपालिकालाई चिनाउन आफुहरु लागी परेको अध्यक्ष मोक्तानले बताए ।
अध्यक्ष मोक्तानले भने आफुहरुको नेपालको धेरै ठाउँमा अत्यधिक माग रहेको दोरम्बाको आलुले बजारमा आफ्नो पहिचान बनाए पनि दोरम्बाको आलु भन्दै अन्यत्रको आलु बेच्ने गरेकाले आफुहरुले ब्राण्डिङ गर्न लागिएको बताए ।
दोरम्बाका अधिकांश कृषकको मुख्य खेती आलु नै भएकाले किसानलाई आलुमा निर्भर बनाउन लागिएको अध्यक्ष मोक्तानले बताएका छन् । गत वर्ष नै यसलाई लागू गर्ने भनिएपनी कोभिड –१९ का कारण पूरा गर्न नसकिएको पनि अध्यक्ष मोक्तानले बताए
गाउँपालिकाको गत वर्ष किसानलाई प्रीन्ट गरेर ५० प्रतिशत अनुदानमा बोरा उपलब्ध गराउने योजना रहेको थियो । किसानले ५० प्रतिशत मात्र तिर्दा पनि किसानलाई ठुलो भार पर्ने हुँदा आगामी श्रावण देखि नै लागू हुने गरि पुर्ण अनुदानमा प्रीन्टेट बोरा उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत धिरज मरासिनीले जनाकारी दिए । ५० प्रतिशत मात्र अनुदानबाट किसान मर्कामा पर्ने भएकाले १ सय प्रतिशत नै अनुदान उपलब्ध गराउन लागिएको पनि मरासिनीले बताए । आलु जोनको योजना आएपछि किसानहरु खुशी भएका र आलु उत्पादनमा अझ अग्रसर हुन थालेका छन् । यो कार्यक्रम लागू भएपछि किसानहरूले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र किसानहरूको जीवनस्तर माथी पुग्ने पालिकाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...