माध्यमिक विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Written by meropradesh creator

७ असार २०७८, सोमबार

रामेछाप । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र जिल्ला समिति रामेछाप र नेपाल महिला मगर संघ रामेछापले संयुक्त रुपमा तीनवटा सामुदायिक विद्यालयका शिक्षक र शिक्षीकालाई स्वाथ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
जिल्लामा दोश्रो लहरको कोरोनाका कारण धेरै शिक्षक, शिक्षिका र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेपछि त्यसवाट जोगिन दुईवटा संस्थाहरु मिलेर स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । दुईवटा संस्था मिलेर पहिलो चरणमा मन्थली नगरपालिका वडा नं ४ सालुमा रहेको श्री सेतीदेवी माध्यमिक विद्यालय, रामेछाप नगरपालिकाको वडा नं २ देउरालीको सितलादेवी माध्यमिक विद्यालय र रामेछाप नगरपालिका वडा नं ४ हिमगंगामा रहेको श्री रेणुकादेवी माध्यमिक विद्यालयका शिक्षक र शिक्षीकालाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो ।


दुईवटै संस्थाका पदाधिकारीहरु विद्यालयमा पुगेर त्यहाँका शिक्षकहरुलाई हस्तान्तरण गरेका हुन् । संस्थाले वितरण गरेको स्वास्थ्य सामाग्रीहरुमा सर्जिकल माक्स, डिटोल हेन्डवास, सेनीटाइजर, डिटोल सावुन लगाएतका सामाग्रीहरु प्रदान गरेको हो । कोरोना महामारीका विच जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा विभिन्न सहयोग पुगेता पनि अहिलेसम्म सामुदायिक विद्यालयमा कसैको आँखा नपुगेको भन्दै ती विद्यालयलाई सहयोग प्रदान गरिएको नेपाल महिला मगर संघ रामेछापकी कोषाध्यक्ष अन्जना राना मगरले जानकारी दिइन ।
दुर्गम गाउँका दुरदराजमा रहेका सामुदायिक विद्यालयमा अहिलेसम्म कोरोना महामारीमा कसैले पनि सहयोग उपलव्ध गराएका छैनन् । विद्यालयमा स्वास्थ्य सामाग्री खरिद गर्न आवश्यक वजेट नहुँदा कुनै पनि स्वास्थ्य सामाग्री खरिद गर्न नसकीरहेको अवस्थामा दुईवटा संस्था मिलेर स्वासथ्य सामाग्री विद्यालयमा नै आएर उपलव्ध गराएकोमा अन्यन्तै खुशी लागेको श्री रेणुकादेवी माध्यमिक विद्यालयका प्रध्यानध्यापक रामचन्द्र कार्कीले जानकारी दिए ।


दुईवटा संस्था मिलेर पहिलो चरणमा तीनवटा सामुदायिक विद्यालयका शिक्षक र शिक्षीकालाई स्वास्थ्य सामाग्री गरेता पनि अन्य विद्यालयहरुलाई पनि स्वास्थ्य सामाग्री वितरण गर्ने योजना रहेको त्रिनेत अध्यात्म चिन्तन केन्द्रका जिल्ला अध्यक्ष पार्बती कार्कीले जानकारी दिइन । उनले भनिन्– हाम्रो संस्थामा श्रोतसाधनको कमी भएता पनि अन्य सहयोगी दाताहरुसँग समन्वय गरी जिल्लाका अन्य विद्यालयहरुलाई पनि स्वास्थ्य सामाग्री उपलव्ध गराउँदै जाने अध्यक्ष कार्कीले बताइन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...