चिनिया पक्षेले तामाकोशी नदिमा पहिरोको कारण बनेको पोखरी खुलाउने प्रयास

Written by meropradesh creator

५ असार २०७८, शनिबार

रामेछाप । नेपाल र चिनको सिमानामा लामो समयदेखि वाढीको कारण खोला थुनिएर तालमा परिणत भएपछि चिनियाँ अधिकारी र सुरक्षाकर्मीले खोला खुलाउने प्रयास गरेको छ । गए राति भारी बर्षासँगै गएको पहिरोले थुनिएको तिव्वतको टिंग्री काउन्टीमा पर्ने रोङसी खोलाले तालको आकार लिए पछी ताल खाल्न लागेको हो । तामाकोशी नदीको मुख्य सहायक खोलाकोरुपमा रहेको रोडसी खोला खुलाउनका लागि दिउँसो चिनियाँ टोली पहिरो स्थल पुगेको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पहिरोले थुनिएको खोला खुलाउनका लागि चिनियाँ टोलीले प्रयास गरिरहेको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले खोला थुनिएर निकै ठूलो ताल बनेका कारण तामाकोशी नदी तटीय क्षेत्रमा जोखिम कायमै रहेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय रामेछापले सम्भावित जोखिमलाई ख्याल गरी तामाकोशी नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन समेत गरेको जानकारी दिए ।
पहिरोले खोला थुनिएर ताल बनेको क्षेत्र नेपाल र चिनको सिमा जोडिएको ६० र ६१ नम्बरको सीमा स्तम्भ नजिकै रहेको छ । तर, सो क्षेत्रमा नेपाली टोली जान सक्ने अवस्था नभएपछि चिनियाँ टोली खटिएको हो । चिनको टिंग्री कन्ट्रिको रोङछिया क्षेत्रमा भारी बर्षासँगै पहिरो गएर नदीको प्रवाह रोकिए पछि स्थानीय प्रशासनले गय राति नैं सूचना जारी गरेर सुरक्षित हुन नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको थियो । सो सूचनापछि माथिल्लो तामाकोशी आयोजनाले पनि लावमागरमा रहेको जलाशयमा जम्मा गरेको पानीको सतह ९ मिटर घटाएको छ । माथिल्लो तामाकोशीको बाँधका ४ वटै गेटहरु गय रातिनैं खोलेर क्रमश पानीको सतह घटाउँदै न्यूनतम बिन्दुमा झारिएको छ । तामाकोशी नदीलाई थुनेर बनाईएको जमिनवाट १५ मिटर उचाईको बाँधले बाढी आएपनि एकदेखि डेढ घण्टासम्म थाम्न सक्ने आयोजनाका अधिकारीहरुले बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...