रासायनिक मल अभाब हुदा किसान मारमा

Written by meropradesh creator

५ असार २०७८, शनिबार

रामेछाप । रामेछापमा खेती गर्ने बेला यसबर्ष पनि रासायनिक मल अभाव भएको छ । रामेछापका ग्रामिन भेगका किसानहरुले बिगतका बर्षमा बेहोर्नु परेको समस्या यो बर्षपनि बेहोर्नु परेको छ । यो बर्ष पनी बिगतका बषमा झै समयमै मल नपाउँदा किसानहरु चिन्तित हुन थालेका छन । गाई भैंसीको मल प्रयाप्त नहुने हुँदा किसानहरु रासायनिक मलमा भर पर्नु पर्ने बाध्यता रामेछापका किसानको रहेको छ ।
कृषिप्रधान भनेर सरकारले नारा लगाएपनी किसानहरुले रासायनिक मलको सास्ती बेहोर्नु परेको छ । मानो रोपेर मुरी फलाउने आशमा रहेका किसानहरु मल नपाएपछि चिन्तामा परेका छन् । गाई भैँसीको प्राङ्गारीक मल प्रयाप्त नहुने भएकाले किसानहरूले खेत बारीमा रासायनिक मल नै प्रयोग गर्ने गर्दछ्न् । आफुहरुले पटक पटक सम्बन्धित निकायलाई मलको लागि आग्रह गर्दा पनि मल पाउन नसकेको किसानहरू बताउछन् । किसानहरुको माग अनुसार मल बितरण गर्ने हो भने जिल्लामा वार्षिक युरियामल ३ हजार ७ सय ५२ टन , डिएपी मल १ हजार ९ सय ५७ टन र पोटास मल १ हजार ३९ टन आवस्यक पर्ने गर्दछ । तर त्यसको ६० प्रतिशत पनी मल जिल्लामा आउन सकेको छैन ।
किसानहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउन स्थानीय सरकार लागि परेपनी कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेसनले आवस्यकता अनुसार मल उपलब्ध गराउन नसकेको सुनापती गाउँ पालिकाका प्रमुख धावा लामाले बताए । गाउँपालिका प्रमुख लामाले भने साल्ट ट्रेडिङ कर्पोरेसनले फोन गरे पछी मल लिन पठाउनु उपलब्ध गराउछु भन्छ मल लिन पठायो छैन भन्दै रित्तै पठाउछ । केहि दिन अघि मल लिन पठाउनु भनेर भने पछी दुइवटा ट्रक पठाएको एउटा ट्रक दुइ दिन बस्दा पनी मल नपाएर रित्तै फर्केर आउन पर्यो अध्यक्ष लामाले भने ।
बिगतमा रासायनिक मलमा कालोबजारी भएपछि कालोबजारी नियन्त्रण गर्न सरकारले स्थानीय तहालाई जिम्मेवारी दिएको मन्थली नगरपालिकाका कृषि शाखा प्रमुख यवनकुमार सुनुवारले बताए । मन्थली नगरपालिकाले पालिका भित्रका बिक्रेता छनोट गरि आपूर्तिको लागी जिम्मेवारी दिएको बताए । नगरपालिकाले सहकारी तथा कृषि सम्बन्धी काम गर्ने संघ संस्थालाई जिम्मेवारी दिए पनी मल लिन जादा उक्त संघ संस्थालाई सरकारले नै समयमा रासायनिक मल उपलब्ध गराउन नसक्दा सिफारिस लिएर गएका बिक्रेताहरुले मल पाउन नसकेको बताए ।
रासायनिक मलको अभाव नहुन दिने हो भने रामेछाप जिल्लामा कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङको डिपो राख्नु पर्ने उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशबप्रसाद घिमिरेले बताए । घिमिरेले रामेछापका किसानहरुलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउने हो भने कि त जिल्लामा कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङको डिपो राख्नु पर्छ नभए वाणिज्य संघमा आवद्ध सदस्यहरुलाई पनि मापदण्ड तोकेर आपूर्ति गर्न दिनु पर्छ नत्र यो समस्या समाधान हुन सक्दैन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...