सहयोगको नाममा सांसदको विज्ञापन

Written by meropradesh creator

४ असार २०७८, शुक्रबार

रामेछाप । रामेछापका विघठित संघिय सांसद श्याम कुमार श्रेष्ठले  सहयोगको नाममा आफनो नामको विज्ञापन गरेका छन् । उनले कोरोना संक्रमितहरुका लागि भन्दै जिल्ला स्तरिय कोभिड संकट ब्यवस्थापन केन्द्रलाई गत हप्ता हस्तान्तरण गरेको अक्सिजन  ग्याँसको सिलिण्डरमा आफ्नो नामको विज्ञापन गरेका छन् ।
निबर्तमान साँसद श्रेष्ठले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि भन्दै गत हप्ता २५ थान अक्सिजन ग्याँसको सिलिण्डर हस्तान्तरण गरेका थिए । त्यसैगरि उनले सिलिन्डर संगै  पीपीई सेट, स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्री जिल्ला स्तरीय (कोभिड–१९) संकट ब्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेका थिए । गत जेष्ठ ३० गते जिल्ला स्तरीय (कोभिड–१९) संकट ब्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई हस्तान्तरण गरिएको अक्सिजन सिलिण्डरमा माननिय श्याम लेखिएको पाईए पछि उक्त विवरण वाहिरिएकोे हो ।


सासंद श्रेष्ठले आफनो पार्टि नेकपा माओवादी केन्द्रका  जिल्ला अध्यक्ष लगायत पार्टिका नेताहरु समेतको रोहबरमा  प्रमुख जिल्ला अधिकारीलाई हस्तरण गरिएको प्रत्येक सिलिण्डरमा मान्य श्याम उल्लेख गरिएको थियो  । श्रेष्ठले जिल्लामा कोरोना संक्रमणको दर गाउँमा बढ्दै गईरहेको बेला प्रजिअ मार्फत केही स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए  । यस अघि जनतालाई समस्या परेर खोजि गर्दा बेवास्त गर्ने , फोन गर्दा फोन नउठाउने, कसैको सम्पर्कमै आउन नचाहने साँसद श्रेष्ठले आगामि निर्वाचनलाई लक्षित गरि उक्त सामाग्रि वितरण गरेको आरोप छ ।
जिल्लाबासीलाई समस्या परेको बेला उनको फेसबुक स्टाटस मार्फत सहानुभूति दिनु बाहेक अन्य सहयोग गर्न खासै अघि नसर्ने सांसद श्रेष्ठले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको नाममा पहिलो पकट राहत वितरण गरेको भएपनि उनले आफनो नाममा गरिएको सिलिण्डर विज्ञापनलाई सर्व साधारणले राजनितिक दाउपेजको रुपमा लिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...