अस्पतालको वजेट नरोक्न नेतालाई अध्यक्ष खड्काको आग्रह

Written by meropradesh creator

३ असार २०७८, बिहीबार

रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं ४ नागीमा निमार्ण हुन लागेको १५ शैयाको अस्पतालको वजेट नरोक्न लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले नेताहरुलाई आग्रह गरेका छन् ।
लिखुको नागीमा शिलान्यास भइसकेको अस्पताल निमार्णको लागि आउने वजेट प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीमा सारेपछि आफ्नै पाटीका नेतासँग आक्रोसित वनेको अध्यक्ष खड्काले पालिकाको विच सेन्टरमा अस्पताल निमार्ण गर्न आफु जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने जनाएका छन् । अध्यक्ष खड्काले वुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै पालिकाका दुरदराजका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन पालिकाको विच सेन्टरमा अस्पताल निमार्ण हुन लाग्दा केही नेताहरुले पालिकाको केन्द्रमा अस्पताल निमार्ण गर्न अवरोध गरेको जनाएका छन् ।


उनले प्रेसित गरेको विज्ञप्तीमा भनेका छन्– मलाई अप्ठ्यारोमा पारी झुटा मुद्दा लगाई जेल हालेको बखत पालिकाका केही नेताहरुले पालिकाको केन्द्रमा निमार्ण गर्न लागिएको अस्पतालको वजेट आफ्नो गाउँ खिम्तीमा पारेका रहेछन् । जलेवाट आफु छुटेपछि उक्त कुरा थाहाँ पाएर मन्त्रालय धाउँदाधाउँदा बल्लबल्ल स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई वजेट व्यवस्थापनको लागि पत्राचार गरेको छ । यदी यो वजेट कोही नेताले रोक्छ भने आफु जिउँदै रहेको र ती नेताको विरुद्ध आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनीहरुको जमानत समेत जफत गराउने गरी आफु लागि पर्ने वताएका छन् ।
यसअघि लिखु तामाकोशी गाउँपालिकाको बिच केन्द्र लिखु गाउँपालिकाको वडा नं ४ नागीमा अस्पताल निमार्णको लागि बागमती प्रदेशका सांसद शान्तिप्रसाद पौडेलले शिलान्यास समेत गरेका थिए । पछि लिखु गाउँपालिका वडा नं ६ खिम्तीका केही स्थानिय नेताहरुले उक्त अस्पताल हाल भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा निमार्ण गर्नुपर्ने भन्दै अर्थ मन्त्रालय मार्फत वजेट खिम्तीमा नै पारेका थिए ।
दुर्गम गाउँका नागरिकहरुले स्वास्थ्य सुविधा पाउने अस्पतालको बिषयमा विवाद वढ्दै गएपछि गाउँपालिकाले निर्णय नै गरेर पालिकाको विच केन्द्र नागीमा शिलान्यास गरिएको अस्पताल निमार्णको लागि आवश्यक वजेट व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयलाई परिपत्र गरेको थियो । पालिकाको निर्णयसहित गएको पत्रको आधारमा स्वास्थ्य मन्त्रालयले खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रमा आएको वजेट घटाएर लिखु तामाकोशी गाउँपालिकाको विच केन्द्र नागीमा थप गर्ने निर्णय गरि उक्त पत्र अर्थ मन्त्रालयमा पठाएको हो ।


स्वास्थ्य मन्त्रालयले वजेट व्यस्थापनको लागि अर्थ मन्त्रालयमा पठाएको पत्रको आधारमा रकम लिखुको नागीमा जाने भएपछि खिम्तीका केही नेताहरुले अर्थ मन्त्रालयमा उक्त रकम नदिन उजुरी दिएको श्रोतले जनाएको छ । हालसम्म लिखुमा निमार्ण हुने अस्पतालको वजेटको बिषयमा अझै अन्तिम टुङ्गो लाग्न सकेको छैन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...