पत्रकारलाई धम्क्याउने शिक्षक श्रेष्ठले गल्ति स्वीकार गर्दै माफी मागे

Written by meropradesh creator

३ असार २०७८, बिहीबार

रामेछाप । समाचारमा छापिएको तस्विरको विषयलाई लिएर अन्नपूर्ण टाइम्सकी सह सम्पादक ज्ञानु श्रेष्ठलाई भौतिक आक्रमणको धम्कि दिने शिक्षकले माफि मागेका छन् । सह सम्पादक श्रेष्ठलाई धम्क्याउने रामेछाप नगरपालि वडा नं ६ को जनकल्याण माविका शिक्षक ख्यान बहादुर श्रेष्ठले आज जिल्ला प्रहरी कार्यालय रामेछापमा भएको छलफलमा गल्ति स्वीकार गर्दै माफि मागेका हुन् । शिक्षक श्रेष्ठले पत्रकारहरुलाई सडकमा नै झापड लगााउने भन्दै तल्लो स्तरको शव्द प्रयोग गरी धम्कि दिएका थिए । समाचरप्रति आफ्नो कुनै आपत्ति नभएको भन्दै शिक्षक श्रेष्ठले आवेशमा आएर बोलिएका शब्दहरु फिर्ता लिंदै सह सम्पादक श्रेष्ठसंग माफि मागेका छन् ।
जिल्लामा ६२ देखी ६४ बर्ष उमेर समुहका बृद्धाहरुलाई आएको खोप दुरुपयोग भएको समाचारमा छापिएको फोटोका विषयलाई लिएर ति शिक्षकले सह सम्पादक श्रेष्ठलाई सडकमा नै झापड लगााउने धम्कि दिएका थिए । शिक्षक श्रेष्ठले अरु पत्रकारहरुलाइ समेत अश्लिल शब्द प्रयोग गर्दै गालि गरेका थिए । बृद्धाहरुका लागि आएको कोभिड विरुद्धको खोप लगाएका युवा शिक्षक श्रेष्ठ आफैंले सामाजिक संजालमा पोष्ट गरेको फोटो छापिएको बिषयमा पत्रकारहरुलाई धम्कि दिएपछि सह सम्पादक श्रेष्ठले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा धम्कि दिने शिक्षकलाई कारबाहिको माग गर्दै निवेदन दिएकी थिइन् । उनले दिएको निवेदन माथि छलफलका लागि बुधबार जिल्ला प्रहरी कार्यालयमा बोलाइएका शिक्षक र पत्रकार विच भएको लामो छलफल पछि शिक्षक श्रेष्ठले गल्ति स्वीकार गर्दै माफी मागेपछि सहमतिमा पुगी उक्त विवाद टुंगिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...