जोखिम भत्ता नपाएपछी स्वास्थ्यकर्मी निरास

Written by meropradesh creator

३० जेष्ठ २०७८, आईतवार

निराजन ढुङ्गेल
रामेछाप । मन्थली नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वस्थ्यकर्मीले सरकारले घोषणा गरेको कोरोना जोखिम बापतको भत्ता नपाएपछी स्वास्थ्यकर्मीहरु निरास बनेका छन् । सरकारले तोकेको जोखिम बापतको भत्ता एक बर्ष अघि देखिकै नपाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले आफुहरुले पाउनु पर्ने जोखिम बापतको सुबिधा एक बर्ष अघि देखि कै नपाएको बताएका छन । कोभिड १९ सुरु भए देखी आफुहरुले सामान्य बिरामीका साथै कोरोनाका बिरामीहरुको पनि सेवा गरिरहेको तर जोखिम बापतको सुबिधा नपाएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थली निमित्त कार्यालय प्रमुख डाक्टर नबराज श्रेष्ठले बताए ।
रामेछाप जिल्लाका अन्य पालिकाले पालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरुलाई सरकारले तोकेको सुबिधा भन्दा पनि थप गरेर दिएको तर मन्थली नगरपालिकाले सरकारले तोकेको सेवा सुविधा पनि नदिनेको स्वास्थकर्मी बताउछन् । घरपरिवार र आफ्नो ज्यानको प्रबाह नगरी बिरामीको सेवा गर्दा पनि सुबिधा नपाउदा काम गर्ने जोश जागर हराएको श्रेष्ठ बताउँछन् ।
यस्तै अस्पताल ब्यबस्थापन समितिले पनि नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई प्रोत्साहन गर्न नसकेको र बेवास्ता गरेको आरोप लगाएका छन् । नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि आश्वासन मात्र दिएको तर वास्ता नगरेको प्राथमिक स्वास्थ केन्द्र मन्थलीका ब्यबस्थापन समितिका उपाध्यक्ष बिरेन्द्र श्रेष्ठले बताए ।
मन्थली नगरपालिकाले भने स्वास्थ्यकर्मीले बाह्रै महिनाको जोखिम भत्ता दाबी गरेकाले त्यो दिन नसकिने बताएका छन् । माहामारी अवधिको सुबिधा उपलब्ध गराएको मन्थली नगरपालिकाले जनाएको छ । जोखिमको समयमा स्वास्थ्यकर्मीले विभिन्न बाहाना बनाउँदै बखेडा झिकेर नागरिकको स्वास्थ्य सगं खेलबाड गरेको मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले बताएका छन् । मन्थली नगरपालिका भित्र एउटा आयुर्वेदिक कार्यालय सहित २४ वटा स्वस्थ्य संस्था रहेका छन् भने तीन जना विद्यालय नर्स सहित १ सय २७ जना स्वस्थ्यकर्मी कार्यरत रहेकाछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...