अनेमसंघकी केन्द्रीय सदस्य केसीद्धारा स्वास्थ्य सामाग्री बितरण

Written by meropradesh creator

२९ जेष्ठ २०७८, शनिबार

रामेछाप । कोरोना महामारीको दोश्रो लहरमा संक्रमित बिरामीहरुलाई लक्षित गरि अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य समिता केसीले आयुर्वेदीक स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरेकी छिन् ।
सदस्य केसीले कोरोना संक्रमित विरामीहरुको लागि  श्री ॐ त्रिकुटा गुरुधाम नेपाल द्धारा उत्पादित जडिबुटी औषधीहरु र कोरोना महामारीका कारण खाद्यान्न अभाव भएर चुल्हो बल्न समस्या भएका व्यक्तिहरुलाई खाद्यान्न सामाग्रीहरु सहयोग गरेकी हुन् । उनले  श्री ॐ त्रिकुटा गुरुधाम नेपाल द्धारा उत्पादित जडिबुटी औषधीहरु दिव्य कप्यामृत कवच, एकसय इन वन क्यिर, मास्क, लेसन र कस्मीस इनर्जी इनहलेर लगाएतका स्वास्थ्य सामाग्रीहरु बितरण गरेकी हुन ।


कोरोना महामारीकै बेला अनेमसंघकी केन्द्रिय सदस्य केसीले मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ, लिखुतामाकोशी गाउँपालिकाको वडा नं ६ खिम्ती, गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु र रामेछाप नगरपालिकाको वडा नं १ गोठगाउँ, वडा नं २ देउराली, वडा नं ३, साँघुटार र वडा नं ८ रामेछापमा आयुर्वेदीक स्वास्थ्य सामाग्री सम्वन्धीत वडाका वडा अध्यक्षहरुलाई हस्तान्तरण गरेको अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य समिता केसीले जानकारी दिइन ।
उनले भनिन्– दोश्रो लहरको कोरोनाका कारण जिल्लाका अधिकासं पालिकाहरुमा अहिले धेरै कोरोना संक्रमितका विरामीहरु भएकाले उनीहरुको स्वास्थ्य सुधारको लागि आयुर्वेदीक औषधीले काम गर्ने भएकाले बढी संक्रमितहरु भएको वडाहरुमा पुगेर औषधीहरु वितरण गरिएको हो । यसवाहेक आफु पुगेको गाउँमा आर्थिक अवस्था कमजोर भएका र कोरोनाकै कारण घरमा चुल्हो बल्न समस्या भएका केही व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत खर्चमा खाद्यान्न सामाग्रीहरु वितरण गरेको सदस्य केसीले बताइन ।
गाउँमा कोरोना संक्रमितका विरामीहरु बढिरहेकै बेला आयुर्वेदीक औषधी, मास्क लगाएतका सामाग्री प्रदान गरेर वडा कार्यालयलाई धेरै ठूलो गुण लगाएको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुका वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिए । उनले भने– वडा कार्यालयमा प्राप्त भएका जडिवुटी औषधीहरु र मास्क लगाएतका सामाग्रीहरु बढी संक्रमण भएको स्थानमा वितरण गरिने अध्यक्ष सुनुवारले वताए ।


त्यसैगरी केसीले कोरोना संक्रमणवाट पुरै गाउँनै शिल गरिएको रामेछाप नगरपालिका ८ लामागाउँमा संक्रमित सदस्यहरुका लागि स्वासथ्य सामाग्री प्रदान गरेकोमा धेरै खुशी लागेको रामेछाप नगरपालिका वडा नं ८ का वडा अध्यक्ष केदार कार्कीले जानकारी दिए । उनले भने– कोरोना महामारीको विषम परिस्थतीमा पनि गाउँमै आएर आयुर्वेदीक औषधी लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेकोमा धेरै खुशि लागेको बताए ।
त्यस्तै खाद्यान्नको अभाव झेल्दै आएका रामेछापका पत्रकार टंक गौतमलाई केसीले खाद्यान्न सामाग्री सहयोग गरेकी छिन् । यसवाहेक केसीले जिल्ला खेलकुद विकास समिति रामेछापका पदाधिकारीहरुलाई १ हजार थान मास्क समेत सहयोग गरेकी छिन् । केसी हाल जिल्ला खेलकुद विकास समिति रामेछापकी सदस्य समेत रहेकी छिन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...