समाजसेवी घिमिरेको निधन

Written by meropradesh creator

२७ जेष्ठ २०७८, बिहीबार

रामेछाप । समाजसेवी दिनेश राजशर्मा घिमिरेको उच्च रक्तचापका कारण बुधबार निधन भएको छ ।

कोरोना संक्रमणकाकारण ९ दिन अगाडि काठमाण्डौंको ओम अस्पतालमा उपचारका लागि भर्ना हुनु भएका घिमिरेको ८५ बर्षको उमेरमा उक्त संक्रमण निको भएपछि उच्च रक्तचापका कारण मृत्यु भएको हो । रामेछापको सामुदायिक विकासका लागि महत्वपूर्ण योगदान गरेका घिमिरे जिल्लाकै जेठो गैर सरकारी संस्था तामाकोसी सेवा समितिको संस्थापक अध्यक्ष समेत रहेका थिए ।

लामो सयम सरकारी सेवाको उच्च तहमा बसेर कामगरेका घिमिरेले जागिरे जिवनपछि गैर सरकारी संस्थाका माध्यमबाट समाज सेवामा सक्रिय रहेका थिए । रामेछाप जिल्लाकै अंग्रेजीमा पहिलो स्नाकोत्तर उत्तिर्ण घिमिरे पछिल्लो समय गुमनाम झैं बसेका थिए । घिमिरेको जिल्लाको सामुदायिक विकासका अतिरिक्त शिक्षा क्षेत्रको विकासका लागि समेत विशेष योगदान रहेको छ । रेडक्रस लगायतका संस्थाहरुको नेतृत्व गरिसकेका घिमिरे पछिल्ला दिनहरुमा जिल्ला स्थित विभिन्न संघ संस्थामा आवद्ध रहेका थिए ।

सरकारी जागीर छाडेर समाजसेवा संगसंगै राजनितिमा होमिएका घिमिरे ०४६ सालको परिवर्तन पछि राजनितिबाट पनि टाढा रहेका थिए । पंचायतकालमा गाउँपंञ्चायत देखी सांसद सम्मको निर्वाचनमा भाग लिएका घिमिरे आफ्नो चट्टानी अडानका कारण सधैं चर्चामा रहन्थे । उनको निधनमा जिल्लाका राजनैतिकदलका नेता तथा कार्यकर्ता शिक्षा सेवी, पत्रकार, नागरीक अगुवा तथा सर्वसाधारण नागरीकहरुले सामाजिक संजाल मार्फत शोक व्यक्त गर्दै जिल्लालाई नै अपुरणिय क्षति भएको जनाएका छन् ।

घिमिरेको निधनमा तामाकोसी सेवा समितिले शोक व्यक्त गरेको छ । संस्थापक अध्यक्षको निधनले संस्थालाई अपुरणिय क्षति पुगेको भन्दै रामेछापको सामुदायिक विकासका लागि उहाँको महत्वपूर्ण योगदान रहेको संस्थाका निर्देशक गोविन्द प्रसाद घिमिरेले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...