रामेछापको बेथानमा गाडी दुर्घटना ६ जना घाइते

Written by meropradesh creator

२६ जेष्ठ २०७८, बुधबार

रामेछाप । सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा वुधवार (बिहान करिव ११ वजेतीर) प्रदेश ३–०१ ०२४ च ५५५२ नम्वरको सिङ्गल क्याप बलेरो जीप दुर्घटना हुँदा सो जिपमा सवार ६ जना घाइते भएका छन् ।


उक्त गाडी सुनापति ४ वेथानको लोप्राङबाट बेथानकै डहु तर्फ जादै गर्दा लोप्राङको सडकवाट करिव ७० मिटर तल भिरमा खसेको थियो । सो जीपमा सवार ६ जनाको स्थानिय र वेथान प्रहरी चौकीवाट खटिएका प्रहरीले उद्धार गरेका थिए । हाल सबै घाइतेको वेथान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार– अहिलेसम्म घाइतेको अवस्था सामान्य रहेको देखिन्छ । घटना भर्खरै मात्र भएकाले घाइतेको उद्धारको काम सकिएको छ । गाडी चालक सुनापती गाउँपालिका वडा नं ४ वेथानको लोप्राङका २२ बर्षिय रामशरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको प्रवक्ता श्रेष्ठले वताए ।


कोरोना महामारीको समयमा गाउँपालिका भित्र कुनै पनि सवारीसाधन संचालन नगर्न सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सूचनाको वेवास्था गर्दै सवारीसाधन संचालन गर्ने व्यक्तिलाई आवश्यक कारवाही गर्ने सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले जानकारी दिए ।
उनले भने– वेथानको लोप्राङको सडक सांसद विकास कोषबाट १५ लाख रुपैयाँ खर्चेर भर्खरै मात्र उक्त सडक निमार्ण भएको र सडक फराकिलो हुँदाहुँदै कसरी दुर्घटना भयो । घटनाको बिषयमा गाउँपालिकाले तत्काल छानविन गर्ने पनि अध्यक्ष लामाले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...