बैंकमा आलोपालो प्रणालीले कोरोना सर्ने डर उच्च

Written by meropradesh creator

२४ जेष्ठ २०७८, सोमबार

रामेछाप । सदरमुकाम मन्थलीमा रहेका बैंक खोल्ने समय जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले आलोपालो प्रणाली लगाएसँगै कोरोना न्युनिकरणको साटो झनै कोरोना सक्रमण फैलने डर उच्च देखिएको छ ।
जिल्लामा कोरोना संक्रमणको दर फैलदै गएपछि जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले जिल्लामा संचालन भएका बैंकहरुलाई आलोपालो प्रणालीवाट हप्ताको तीन दिन खोल्ने अनुमती दिएसँगै ती वैंकहरुमा रकम झिक्न आउने सेवाग्राहीहरुको भिडभाड वढेसँगै कोरोना संक्रमण घट्नुको सट्टा उल्टै थपिने चिन्ता सेवाग्राहीहरुमा परेको हो ।
बाणिज्य बैंकमा रकम झिक्न सोमवार विहान १० वजेदेखी लाइन लाग्दा पनि १ वजेसम्म पनि पालो नआएको सेवाग्राही मन्थली नगरपालिका वडा नं २ का हुक्के नेपालीले बताए । उनले भने– लकडाउने गर्दा आफुुसँग भएको खर्च पनि सकियो । खर्च गर्न बैंकमा राखेको पैसा नझिकी भएन । विहान देखी लाइन लागेको अहिलेसम्म पालो आउने कुनै छाटकाट नै छैन । तातो घाममा उभिएर शरिर पुरै कालो भइसक्यो । मुख सुकेर मर्न लागिसकियो । वजार सबै बन्द छ । पानी किनेर खाने ठाउँसमेत छैन । घामले असिनपसिन हुँदा वेहोस हुने होकी भन्ने पिर एकातिर छ भने अर्कोतीर लाइनमा बस्ने सेवाग्राहीको भिडभाडले झन कोरोनो पो सर्ने होकी चिन्ता अर्कोतिर भएको सेवाग्राही नेपालीले वताए ।
कोरोना संक्रमणको दर कम हुन्छ भनेर बैंक खुल्ने समय घटाएर आलोपालो प्रणाली लागु गर्दा झनै कोरोना संक्रमण हुने भय देखिएको नागरिक समाजका सदस्य बिरेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने– संकट व्यवस्थापन समितिले गरेको यो निर्णयले त झनै कोरोना सर्ने पो देखियो । बैकलाई आलोपालो लगाउनुको साटो बरु सबै बैंकलाई निश्चित समय तोकेर खोल्न दिएको भए बैंकहरुमा सेवाग्राहीहरुको भिडभाड कम हुनुको साथै सेवाग्राहीले सहज रुपमा सेवा पाउने सदस्य श्रेष्ठले वताए ।
जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले हप्ताको तीन दिन विहान १० वजेदेखी १ वजेसम्म बैंक खुल्ने गरी सदरमुकाम मन्थलीमा भएका सवै बैंकहरुलाई आलोपालो प्रणाली लागु गरेको छ । वैंकहरु खोल्ने आलोपालो प्रणालीले गर्दा सेवा लिन आउने नागरिकहरु समेत झुक्किने गरेको बैंकमा सेवा लिन आउने सेवाग्राहीहरु बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...