चिकित्सक र औषधीसहित आयुर्वेद स्वास्थ्य केन्द्रको टिम संक्रमितको घरघरमा

Written by meropradesh creator

२२ जेष्ठ २०७८, शनिबार

रामेछाप । विश्वभर फैलिएको दोश्रो कोरोनाको लहर सँगै जिल्लामा कोरोना संक्रमित विरामीको संख्या बृद्धि भएसँगै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले चिकित्सक सहित औषधी लिएर बिरामीको घरघरमा पुग्ने अभियान संचालन गरेको छ ।


कोरोनाका संक्रमितको संख्या बृद्धि सँगै अस्पतालका आइसोलेसन बेडमा बस्ने संक्रमितहरुको संख्या भन्दा बढी संख्या आ–आफ्नो घरमा होमआइसोलेसनमा बस्ने संक्रमितहरुको संख्या बढेका छन् । कोरोना सक्रिय सक्रमितहरु घरघरमा बस्न थालेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले संक्रमित विरामीलाई परामर्श दिन चिकित्सक र उनीहरुको रोगप्रतिरोगात्मक क्षमता बढाउन आयुर्वेद औषधी लिएर विरामी भेटन् घरदैलो अभियान संचालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक डा.नरेन्द्र प्रसाद गिरीले जानकारी दिए ।
उनले भने– पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धि भएसँगै ती सवै बिरामीलाई रोग सँग लड्न सक्ने आयुर्वेद औषधीहरु वितरण गर्दै आएका छौं । कार्यालयमा आउने बिरामीहरुलाई त वितरण गरेका छौं नी । यसवाहेक कोरोना संक्रमण देखिएर घरमै होमआइसोलेसनमा बसेका संक्रमित विरामीहरुलाई घरघरमा नै पुगेर आवश्यक परामर्श दिने र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधीहरु वितरण गर्ने काम शुरुवात गरिएको डा.गिरीले बताए ।


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले कोरोनाको दोश्रो लहर चले यता ९७ जना कोरोनाका विरामीहरुलाई सेवा प्रदान गरिसकेको छ । त्यसैगरी कोभिड–१९ बिरुद्ध स्वास्थ्य प्रर्वद्धनका लागि १ सय १० जनालाई सेवा प्रदान गरेको छ । त्यस्तै कार्यालयको चिकित्सक सहितको टोलीले मन्थली नगरपालिका भित्रका विभिन्न वडामा गरि ३१ जना संक्रिय संक्रमित विरामीहरुलाई चार प्रकारका आयुर्वेद औषधीहरु वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कबिराज निरिक्षक दिपक कुमार कार्कीले जानकारी दिए ।


कोरोनाको दोश्रो लहरमा रामेछापमा बढी मात्रामा युवायुवती कोरोनाको उच्च जोखिममा रहेका छन् । कोरोना पिसीआर र एन्टेजीन परिक्षण गर्दा पोजेटिभ देखिने वित्तिकै धेरै सक्रमित विरामीहरु आत्तिने, डराउने र आत्मवल कमजोर पार्ने किसिमको लक्षण बढी मात्रामा देखिएकाले उनीहरुलाई घरघरमा नै पुगेर मनोपरामर्श दिने र आवश्यक औषधीहरु पुर्याउँदा संक्रमित बिरामीहरुमा उर्जा मिल्ने देखिएकाले जिल्लामा यो अभियान शुरुवात गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
उनले भने– कोरोनाका विरामीका लागि कार्यालयमा भएको जे जती औषधी छ प्रदान गर्छौं । अपुग औषधीको हकमा सम्वन्धीत प्रदेश र संघीय मन्त्रालयसँग आवश्यक वजेट र औषधी समेत माग गरेर कोरोना संक्रमितको उपचारमा कतिवद्ध भएर अहोरात्र लागी पर्ने अध्यक्ष श्रेष्ठले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...