डाँफे फाउण्डेसनद्वारा तामाकोसी अस्पताललाई अक्सिजन कन्सन्टेटर्स सहयोग

Written by meropradesh creator

१४ जेष्ठ २०७८, शुक्रबार

रामेछाप । डाँफे फाउण्डेसन अमेरिका द्वारा तामाकोसी अस्पताललाई अक्सिजन कन्सन्टेटर्स सहयोग गरेको छ ।अमेरिकी संस्था डाँफे फाउन्डेसनले रामेछाप जिल्लाको तामाकोसी अस्पताललाई तीन थान इलेक्ट्रोनिक अक्सिजन कन्सनटेरर्स सहयोग गरेको हो । कोभिड –१९ का कारण विश्वमा महामारी फैलिए सगै संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाइ रहेको अबस्थामा फाउण्डेसनले अस्पताललाई उक्त सामाग्री सहयोग गरेको हो ।
डाँफे फाउण्डेसनका तर्फबाट डाक्टर दिपेन कडरियाले आफ्ना प्रतिनिधि पराग खड्का मार्फत सो सामाग्री तामाकोसी अस्पतालका निर्देशक डाक्टर सुमन कर्मचार्यलाई हस्तान्तरण गरेका हुन् । ग्रामीण क्षेत्रमा बिरामीहरु अक्सिजनको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर आफुले उक्त सामग्री सहयोग गरेको डाक्टर कडरियाको भनाइ छ । अक्सिजन कन्सनटेटर्स विद्युतद्वारा संचालन हुने भएकाले अक्सिजन सिलिन्डरको झन्झट नहुने अस्पतालले जनाएको छ ।
फाउण्डेसनद्वारा प्रदान गरिएको इलेक्ट्रोनिक अक्सिजन कन्सनटेटर्स आजैबाट प्रयोगमा ल्याइएको तामाकोसी अस्पतालका निर्देशक डाक्टर सुमन कर्मचार्यले जानकारी दिएका छन् । अक्सिजन कन्सनटेटर्स मार्फत रामेछापका नागरिकले तामाकोसी अस्पतालमा सहजै अक्सिजन सहितको उपचार पाउने पनि कर्मचार्यले बताए । यसअघि तामाकोसी अस्पतालले अक्सिजन सिलिन्डर प्रयोग गरिरहेको भए पनि बिरामीहरुको लागि अक्सिजन झन सहज हुने भएको छ । यस्तो संकटको समयमा मानिसको प्राण प्रदान गर्ने अक्सिजन मेसिन उपलब्ध गराएको भन्दै डाक्टर कर्मचार्यले डाफे फाउन्डेसन र डाक्टर दिपेन कडरियालाई धन्यवाद ब्यक्त गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...